के म बौलाएकै हो त ?
लक्ष्मण गौतम , यूके
दाई स्कुल टपियो, कलेज टपियो, डिग्रि गरियो तर भने जस्तो जागिर पाईदैन, १० फेल भएकाहरु जग्गा दलाली गरेर करोडौको गाडी चढछ्न, नेता बन्छन तर आफु भने मोटर साईकल समेत चढ्न सकिदैन, सार्है फ्रस्टेट ( दिक्क ) भईयो, यो देशमा एकदिन पनि बस्न मन छैन । म नेपाल आउदा मलाई एक जना भाईले सुनाएको गुनासो हो यो । आज वा भोली ति भाई पनि पक्कै कुनै बिकसित देश तिर लाग्ला र उतै सेटल होला । नेपालमा युवाको जन संख्या १ करोड को हाराहारीमा छ र त्यस मध्य ६०-७० लाख युवा विदेश मै छन, नेपालका पढे लेखेका शिक्षित वर्ग पनि कुनै बिकसित मुलुक जान्छन र उतै सेटल भएर बस्छन ।
जबसम्म राज्यले युवा वर्गलाई नेपालमै रोक्न वा विदेश गएकालाई नेपाल फर्किने वातावरण बनाउदैन तब सम्म नेपाल बन्दै बन्दैन । म बिगत १८ बर्ष देखि बेलायतमा बस्छु, मेरो आफ्नो परिवार पनि यही छ र म अबको ३ महिना भित्र बेलायत छाडेर नेपाल फर्कदै छु । फेशबुक मा धेरैले मेरो यो निर्णयको प्रशंसा गरे पनि व्यक्तिगत रुपमा भेट हुदा वा कुरा गर्दा भने धेरैले तिमी बौलाएको त होईन भन्छन ! यति लामो समय देखि बेलायतमा छौ , यही सेटल छौ अनि यति साना साना बच्चा बोकेर किन नेपाल जाने ? बच्चाको भविष्य किन बिगार्ने ? नेपालमा के छ ? निती, नियम, कानुन केहि छैन, बिजुली छैन, पिउने पानी छैन, खाली बन्द हड्ताल हुन्छ, राम्रो स्वास्थ्य उपचार हुदैन । तिमीले यहा जन्मेका साना साना बच्चा बोकेर नेपाल फर्कने निर्णय गरेर तिमी बच्चाहरु माथि अन्याय गर्दै छौ । मेरो सबैलाई एउटै उत्तर हुन्छ – नेपालमा आत्म सन्तुष्टि छ , लाखौ बाल बच्चाहरु नेपालमा पनि पढ्छन , के उनीहरुको भविष्य छैन त ? सबै यसरी नै विदेश बस्ने हो भने नेपाल कसले बनाउने ? म नेपाल फर्केर देशको लागि केहि गर्न नसकौला वा मानौ मेरा बच्चाहरुको भविष्य अन्धकार नै होला तर म कम से कम म विदेश बस्ने लाखौ नेपाली हरुलाई एउटा सन्देश त दिन सक्छु नि ।
प्रकाशित मिति २०७३-५-१२
फेसबुकबाट तपाईको प्रतिक्रिया