के हो ग्रिन टि ?

काठमाडौँ

बिजनेसपाटी-नगेन्द्र सुवेदी, चिया अभियन्ता- प्रकृतिमा रहेको क्यामेलिया साईनेन्सिस् नामक विरुवालाई चिया भनिन्छ । यस विरुवाको सक्रिय मुनाहरुलाई प्रशोधन गरि तयारी चिया तयार पारिन्छ । प्रशोधित चियालाई मुख्य गरि तिन वर्गमा विभाजित गर्न सकिन्छ र ति हुन; अक्सिकरण, अर्ध अक्सिकरण र अ–अक्सिकरण । प्राविधिक दृष्ट्रिकोणमा प्रशोधित चिया मुख्य तिन किसिमको भए पनि यसको विशेष गुणको आधारमा चिया धेरै किसिमको हुन्छ जस्तै सि.टि.सि., अर्थोडक्स, स्वेत, मोती, बेसारे, ओलङ, चक्कि आदि । यि सबै चियाहरुको आ–आफ्नो विशेषताहरु छन् । कुनै चिया मुख वा जिब्रोको अनुभवमा राम्रो हुन्छ भने कुनै चियामा वास्ना वा सुगन्ध राम्रो हुन्छ । यि चियाहरु मध्य अक्सिकरण गरिएका चियाहरु स्वाद अथवा सुगन्धका लागि पिउने गरिन्छ, अर्ध अक्सिकरण गरिएका चियाहरु सुगन्ध र स्वास्थ्यको लागि पिउने गरिन्छ र अ–अक्सिकरण गरिएको चियाहरु स्वाद र स्वास्थ्यको लागि पिउने गरिन्छ । यद्यपि सबै चियाहरुमा स्वाद अथवा सुगन्ध र स्वास्थ्यलाई फाइदा गर्ने गुणहरु रहेका हुन्छन् यहाँ कुन चियामा कुन विशेष गुणहरु रहेका छन् भनि भन्न खोजिएको हो ।

चियाको बोटबाट उत्पादन हुने हरियो चियाको मुनालाई विशेष प्रशोधन विधिबाट तयार पारिएको चियालाई ग्रिन टि अथवा अ–अक्सिकरण चिया अथवा हरियो चिया भनिन्छ । हरियो चियाको मुनालाई शुरुमै करिब १०० डिग्रि सेल्सियस तापक्रममा केहि समय विशेष उपचार गरिन्छ र यो यस विधिलाई चियाको हरियो मार्नु वा किल ग्रिन भनिन्छ । त्यसपछि अगाडिको प्रकृयाहरु गरिन्छ । यसबाट तयार भएको चियालाई तातो पानीमा डुबाएर तयार पार्दा चियाको प्राकृतिक रङ्ग जस्ताको त्यस्तै आउने हुदाँ यस चियालाई ग्रिन टि अर्थात हरियो चिया भनिन्छ । यस किसिमको चिया धेरै किसिमबाट तयार पार्न सकिन्छ ; धातुको भाँडामा भुटेर, १०० डिग्री सेल्सियसको पानीमा केहीबेर डुवाएर, पानीको वाफ दिएर आदि । तयारी ग्रिन टि हेर्दा कालो वा हल्का हरियो रङ्गको हुन्छ, जब यसलाई तातो पानीमा डुवाईन्छ, यसबाट हरियो वा हल्का हरियो रङ्गको तरल र हरियो रङ्गको फुकेको पत्ति निस्कन्छ । तरल पेय पदार्थको रुपमा पिईन्छ भने फुकेको पत्ति आवश्यकता अनुसार पुःन प्रयोग गरिन्छ ।green tea..
आज भन्दा करिव ५००० वर्ष अगाडी चिनमा औषधीको रुपमा शुरु भएको चिया आफैमा एक औषधी हो र यस कुराको पुष्टि चिनका विभिन्न कालखण्डका आयुर्वेदका ज्ञाताहरुले गरेका छन् । यसमा भएको औषधीजन्य गुणको कारणले नै चिनमा चिया संकृतिको विकास भयो । सबैखाले चियामा औषधिजन्य गुण हुन्छ नै तर पनि अक्सिकरण नगरीएको चिया अथवा ग्रिन टि अथवा हरियो चियामा औषधिजन्य गुण धेरै पाईन्छ । यसका फाइदाहरु निम्न छन् ः हरियो चियाले मोटोपनलाई घटाउछ । मोटोपना अहिलेको विश्वको ठुलो समस्या मध्य एक हो । मोटोपनाको कारणले नै मुटुसम्बन्धी रोग, मधुमेह, उच्चरत्तचाप, निन्द्रामा श्वास फेर्न गाह्रो हुने जस्ता रोगहरु विश्वव्यापीरुपमा बढदो छ । मोटोपनलाई कम गर्न विभिन्न उपायहरु गदै आइरहनुभएको छ भने हरियो चियालाई पनि समाबेश गर्नु फाइदाजनक हुन्छ । हरियो चियाले चामत्कारिक रुपमा मोटोपना भने घटाउने होईन, यसले खाएका खानेकुरालाई राम्रोसँग पचाउनमा सहयोग गरि भोक कम लाग्ने र कुनै काम गर्दा धेरैबेर सम्म काम गर्ने स्फुर्ति प्रदान गर्छ । चियामा एन्टिअक्सिडेन्ट नामक एक तत्व पाईन्छ जुन हरिया सागपात र फलफुलमा भन्दा १० गुणा बढी हो । हामीले दिनहुँ खाने खानेकुराहरु पाचन हुँदा स्वतन्त्र किसिमको एक अणु उत्पन्न हुन्छन् जसलाई रेडिकल भनिन्छ ति रेडिकलहरुले हाम्रो शरिरको कोषलाई आक्रमण गरि नष्ट पार्छ र जसको असर छाला चाउरी पर्नु, उमेर नपुगी बुढो हुनु जस्ता हुन । चियामा पाइने एन्टिअक्सिडेन्टले ति स्वतन्त्र रेडिकललाई नष्ट पार्छ र शरिरका कोषहरुलाई बचाउछ । चियामा पाईने एक किसिमको क्याटेचिन यौगिकले शरिरमा हुने उपपचयन प्रकृयाको गतिलाई बढाउछ जसले शरिरको बोसोलाई पनि अक्सिकरण गरि शक्तिमा परिवर्तन गर्दछ जसको असर मोटोपना घट्ने र शरिरको तौल घट्ने हुन्छ । हरियो चियाले मुखमा पाइने व्याक्टेरिया र भाइरसको वृद्धिलाई कम गरि मुख गन्हाउने समस्याबाट छुटकारा दिलाउछ । हरियो चियाले मुख कुल्ला गर्दा, हरियो चियाको पेस्ट बनाई दाँत माझ्दा वा हरियो चिया सेवन गर्दा यो समस्याबाट छुट्कारा पाउन सकिन्छ । हालैको एक अध्ययनले यस चियाले मुखको क्यान्सर हुनबाट जोगाउने कुरा पत्ता लगाएको छ । हरियो चियाको सेवनबाट कोलेस्टेरोलको मात्रा घट्छ । रगतमा बढी कोलेस्टेरोल भएका रोगीहरुले यो चिया पिउनु फाइदा जनक हुन्छ । चियामा पाइने टेनिन नामक यौगीकले यो कुराको नियन्त्रण गर्दछ । हरियो चियाको सेवन र हरियो चियाको अन्य उत्पादनहरुको प्रयोगबाट छाला सुन्दर देखिनुका साथै चाउरी पर्ने समस्या कम हुन्छ । अहिले धेरै कस्मेटिक उत्पादनहरुमा चियाको प्रयोग बढ्दो छ जसले घामबाट छालालाई जोगाउछ । यस चियामा पाइने तत्वले कपाल झार्ने एक किसिमको रसायनको उत्पादनलाई कम गरि कपाल झर्ने समस्या कम गर्छ यसका साथै कपाल घुम्रिने समस्या पनि कम गर्छ । ग्रिन टि ले कपालको बृद्धि र नरम कपाल बनाउनमा पनि सहयोग गर्छ । कपाल नुहाउदा स्याफु वा साबुन लगाईसकेपछि अन्तिममा पखाल्दा हरियो चियाको पानीले पखाल्दा पनि फाईदा पुग्छ । क्याफिन नामक एक तत्व शरिरको लागि हानीकारक हुन्छ, यो तत्व थोरै मात्रामा स्वस्थ्य शरिरलाई आवश्यक पर्दछ, यसले शरिरलाई स्फुर्ति पर्दान गर्छ र कुनै काम गर्नको लागि ध्यान एकिकृत गर्छ । अन्य पेय पदार्थ भन्दा चियामा पाइने क्याफिन कम भएकाले यसलाई राम्रो मानिएकोे हो । हरियो चियाले मुटुको धमनी र शिराहरुलाई फुकाउने काम गर्छ जसको परिणाम उच्चरक्तचाप कम हुन्छ र मुटुलाई स्वस्थ्य राख्नमा मद्दत गर्छ । चियामा पाईने साइनेक्याटेचिनले यौनाङ्ग तथा मलद्धारमा पलाउने मासु वा मुसाको उपचारमा सहयोग गर्छ । एन्टिअक्सिडेन्टले विविध रोगसँग लड्ने क्षमतालाई बढाउछ, यसले गर्भवति महिलालाई पनि फाईदा पु¥याउछ तर गर्भवति महिलाले प्रयोग गर्ने चिया क्याफिन मुक्त हुनुपर्दछ । शरिरमा पाइने केमोकाइन नामक प्रोटिनको मात्रा धेरै भएमा कार्टिलेज तन्तुको चाललाई कम गराउछ र यो लक्षण बाथ रोगको हो । चियाले केमोकाइन नामक प्रोटिनको उत्पादनलाई बाधा पु¥याई बाथ हुनबाट जोगाउछ र बाथ रोगीलाई पनि आराम प्रदान गर्छ । पोलिफिनोल नामक जैविक रसायन चिया लगायत धेरै खानाहरुबाट प्रात गर्न सकिन्छ तर हरियो चियामा पाइने पोलिफिनोल विशेष महत्व छ जसले हाम्रो शरिर भित्र क्यान्सर गराउने कोषलाई छानीछानी नष्ट गर्दछ । चियाको पोलिफिनोले किन क्यान्सर गराउने कोषलाई मात्र छानीछानी नष्ट गर्छ भन्ने कुरा वैज्ञानिकहरुको खोजको विषय बनेको छ । हरियो चियाले मष्तिष्कलाई उत्तेजित गरि थकान र तनाबलाई कम गर्छ । चियाका थियानिन नामक यौगिक पाईन्छ जसले थकानलाई मेटाउन सहयोग गर्छ साथै बढी निन्द्रा लाग्ने समस्या भएका व्यक्तिहरु चिया सेवनले निद्रा भगाउन सहयोग गर्दछ । निद्रा नलाग्ने समस्या भएको व्यक्तिले भने राति चिया नखानु वा खाए पनि क्याफिन मुक्त चिया खानु राम्रो हुन्छ । पोलिफिनोल नामक जैविक रसायनको धेरै महत्व छ, यसले हाम्रो शरिरको रोगप्रतिरोधात्मक शक्तिलाई बढाई विभिन्न धेरै रोगहरुबाट बचाउछ । चियामा पाईने एन्टिअक्सिडेन्ट यसै पोलिफिनोल सँग सम्बधित छ । विशेषगरि हरियो चियामा पाइने थियोफाइलिनले तन्तु तथा मांसप्रणलीलाई आराम प्रदान गरि श्वासप्रश्वासमा सहयोग गर्छ, यसको सेवनबाट दम रोगीलाई पनि आराम मिल्छ । यसका साथै हरियो चियाको सेवनबाट कलेजो स्वस्थ्य रहन्छ, शरिरको हड्डि बाङगो हुनबाट जोगाउछ । हरियो चियाको अर्को विशेष हुन्छ, यसले पाचन प्रणालीलाई सफा गर्ने कार्य गर्दछ । यदि कहिल्लै हरियो चिया नखाएको व्यक्तिले यो चिया खाएमा उसलाई पखला चल्ने पुर्ण सम्भावना हुन्छ । किनकि यसले आमाशय, सानो आन्द्रा र ठुलो आन्द्राको भित्तामा अड्किएर रहेको पदार्थहरुलाई पखाल्ने काम गर्छ, उक्त पखालिएको पदार्थ छिटो बाहिर आउन खोज्छ र जसको परिणाम व्यक्तिलाई पखाला लागे जस्तो हुन्छ । तर व्यक्तिलाई कुनै कमजोर महशुस भने हुदैन । हरियो चियाले शरिरका बाहिरी भागहरु जस्तै कपाल, छाला, नङ आदिको हेरचाह पनि गर्दछ । आजकल कस्मेटिक सामाग्रिहरुमा चियाको प्रयोग गर्नुको कारण चियाले कपाल, छाला र नङलाई गर्ने हेरचाहको गुणले नै हो । मानसिक विरामीहरुको लागि पनि हरियो चिया फाइदाजनक सावित भएको छ ।

tea.nagendra@gmail.com

फेसबुकबाट तपाईको प्रतिक्रिया