कैलाली र पाँचथरमा प्रभु बैंकका नयाँ शाखा

काठमाडौं ११ कात्तिक ।
प्रभु बैंकले पछिल्लो पटक कैलालीको बौनिया तथा पाँचथरको फिदिममा आफ्ना शाखा सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाहरुको उदघाटन क्रमश नेपाल राष्ट बैंक धनगढी क्षेत्रका मुख्य व्यवस्थापक धनन्जय शर्मा तथा फिदिम नगरपालिकाका नगर प्रमुख ओनाहाग नेम्वाडले शुक्रबार छुट्टाछुटटै गरेका हुन् । कार्यक्रममा प्रभु बैंकले हालसम्म ८३ अर्व रुपैयाँ निक्षेप संकलन गरि ६३ अर्व रुपैयाँ बराबर रकम लगानी गरेको जानकारी गराइएको थियो ।

देशका ५६ जिल्लामा आफना १४० वटा शाखा मार्फत सेवा पुरयाई रहेको बैंकले निकट भविष्यमै अन्य केही शाखाहरु खोल्ने जानकारी गराएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया