कैलाशको २० प्रतिशत हकप्रद खुल्यो

बिजनेसपाटी ७ फागुन

 शुक्रबारबाट कैलाश विकास बैंकको चुक्ता पूँजीको २० प्रतिशत हकप्रदको बिक्री खुला भएको छ । बैंकले ३१ लाख ६० हजार ६७२ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

बैंकको पाँच सेयर भएका शेयरधनीले एक सय रुपैंया अंकित एक कित्ताको लागि आवेदन दिन सक्नेछन् । गत पुस १३ गतेसम्ममा सेयर खरिद गरेका सेयरधनीले मात्र बैंकको हकप्रदमा आवेदन गर्न पाउनेछन् । फागुन ६  गतेदेखि खुला भएको हकप्रद निष्काशन चैत १० गते बन्द हुनेछ ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।  शेयरधनीले हकप्रदमा आवेदन दिन आईएमई क्यापिटलको कार्यालय जमल तथा कैलाश विकास बैंकका सबै शाखाहरुमा चैत १० गतेसम्म हकप्रद भर्न सक्नेछन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया