कैलाश विकास बैंकको अध्यक्ष र सीईओमा नयाँ अनुहार
काठमाडौँ ६ बैशाख
कैलाश बिकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा अमृतचरण श्रेष्ठले नियुक्ति पाएका छन। दुई कार्यकाल पुरा गरि सीईओ कृष्णराज लामिछाने बाहिरीएपछि श्रेष्ठलाई सीईओमा नियुक्ति गरिएको हो ।
कैलाश बिकास बैंकको सीईओको जिम्मेवारी सम्हाल्न आएका श्रेष्ठ यस अघि एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत थिए। नेपाल राष्ट्र बैंकले एनसिसी बैंक टेकओभर गरेपछी श्रेष्ठले सीईओमा निरन्तरता पाएनन्। ३० वर्ष बैंकिङ गरेको अनुभव भएका श्रेष्ठ एनसीसी अघि नविल बैंकका निमित्त सीइओ थिए ।
त्यस्तै कैलाश बिकास बैंकले नेप्सेलाई दिएको जानकारी अनुसार बैशाख ४ गते बसेको संचालक समितिको बैठकले संचालक समितिको अध्यक्षमा संचालक नारायणप्रसाद पौडेललाई चयन गरेको छ। बैंकका अध्यक्ष राजेन्द्र गिरिलाई उच्च अदालत पाटनले दुई कार्यकाल पुरा भएकाले पदमा बस्न नमिल्ने निर्णय गरेकाले अध्यक्षको जिम्मेवारी पौडेलले सम्हाल्ने भएका हुन।
फेसबुकबाट तपाईको प्रतिक्रिया