कैलाश विकास बैंकको नाफामा १५० प्रतिशत बृद्दि

बिजनेसपाटी २२ कार्तिक ।
कैलाश विकास बैंकले १५० प्रतिशतले नाफा बढाएको छ। बैंकले चालु आर्थिक बर्षको असोज मसान्तसम्म १३ करोड रुपैयाँ नाफा गरेको हो। अघिल्लो बर्षको यसै अवधिमा बैंकको नाफा पाँच करोड १९ लाख रुपैयाँ थियो।
बैंकसँग सर्वसाधारणको १५ अर्ब ३३ करोड रुपैयाँ निक्षेप छ। बैंकले निक्षेप पनि ६ अर्ब रुपैयाँ हाराहारीले बढाएको हो। बैंकले १३ अर्ब ७२ करोड रुपैयाँ कर्जा विस्तार गरिसकेको छ। बैंकले असोज मसान्त सम्म २१ करो८ २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। बैंकको पुँजी कोष १६.२८ प्रतिशत छ। बैंकको खराव कर्जा एक प्रतिशतभन्दा कम छ। बैंकको प्रति सेयर आम्दानी ३३ रुपैयाँ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया