कोपा अमेरिका फुटबलमा कोलम्बियाको विजयी सुरुवात

काठमाडौँ २२ जेष्ठ
एजेन्सी-कोलम्बियाले कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ। शनिवार विहान क्यालिफोर्नियाको लेभिज रंगशालामा भएको उद्घाटन खेलमा आयोजक राष्ट्र अमेरिकालाई २–० गोल अन्तरले पराजित गर्दै कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको हो।कोलम्बियाले खेलको ८ औँ मिनेटमै क्रिष्टियन जापाटाको गोलबाट अग्रता लिएको थियो। खेलको ४२ औँ मिनेटमा कोलम्बियन खेलाडीले प्रहार गरेको बल  डी एरियाभित्र अमेरिकन खेलाडीको हातमा लागेपछि कोलम्बियाले पेनाल्टी पायो र त्यसमा जेम्स रोड्रिग्वेज चुकेनन्।
 अमेरिकाले कोलम्बियामाथि केही दबाब सिर्जना गरे पनि कुनै खतरनाक मुभ भने बनाउन सकेन।

फेसबुकबाट तपाईको प्रतिक्रिया