कोभिड–१९ प्रभावित उद्योग–व्यवसायका लागि चालुपूँजी २० प्रतिशत उपलब्ध हुने

काठमाडौं २, साउन  २०७७।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्बजनिक गरेको छ । बैकले कोरोना प्रभावित उद्योग व्यवसायका लागि चालु पूँजी २० प्रतिशतसम्म उपलब्ध गराउने भएको छ ।
कोरोनामहामारीबाट अति प्रभावित उद्योग तथा व्यवसाय सुचारु गर्न सहजीकरण गर्ने उदेश्यले ऋणीको अवस्था हेरेर र परियोजनाको अवस्था हेरेर २०७६ चैत्रमा कायम रहेको चालुपूँजी कर्जाको सीमा बढीमा २० प्रतिशतसम्म सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुले थप कर्जा विस्तार गर्नक्ने व्यवस्था गरेको छ।

चालु आर्थिक बर्षको बजेटमा व्यवस्था गरिए अनुसार स्थापना हुने ५० अर्बको पुनकर्जाकोषबाट निश्चित मापदण्डको आधारमा पर्यटन, मझौला, घरेलु तथा साना उद्योगहरुमा व्यवसायको संचालन, ती क्षेत्रमा श्रमिहरुको पाश्रिमिक भुक्तानी तथा रोजगार उद्यम गर्नका लागि ५ प्रतिशत ब्याजदरमा कर्जा दिने व्यवस्था गर्ने भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया