कोरियामा कति नेपाली काम गर्छन ? यस्तो छ बिवरण

काठमाडौं,२ माघ  ।

वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिने दक्षिण कोरियाले सन् २०१८ को पहिलो लटका लागि भाषा परीक्षापास गरेका २ हजार ७ सय ५९ नेपाली कामदार उत्पादन क्षेत्रतर्फ छुट्याएको छ । जसमा पुरुष २ हजार ५ सय ६० जनाछन् भने महिला १ सय ९९ जना रहेकाछन् ।

सन् २००८ देखि २०१७ सम्ममा वैधानिक रुपमा रोजगारका लागि कोरिया जाने नेपालीको संख्या ५० हजार १ सय ९८ पुगेको छ । यी कोटामाकृषि क्षेत्र र सिविटीपास गरेर बसेका कामदारहरु समावेश गरिएको छैन । ईपीएस अन्तरगत कोरियाले त्रैमासिक रुपमा आप्रवाशी कोटा वितरण गर्दै आइरहेको छ । जुन यो वर्षको पहिलो त्रैमासिकको उत्पादन क्षेत्रतर्फको कोटा रहेको बताइएको छ ।

यसैबीच, ईपीएस मार्फत नेपालबाट कोरियाका लागि काम गर्न जानलागेको ९ वर्षकोअवधिमा ८१ जना नेपालीकामदारको मृत्युभएको छ । ईपीएस कोरिया शाखाको तथ्यांकअनुसार सन् २००८ मा ईपीएस प्रणाली शुरु भएदेखि अहिलेसम्म दक्षिण कोरियामा ८१ जना नेपाली कामदारले ज्यान गुमाएका छन् ।

पछिल्लो पटकयसै वर्षकोजनवरी १० मा कोरियाको पुछानमा कार्यरत महोत्तरी बर्दीबासका २५ बर्षीय प्रकाशथापा मगरले आफ्नै कम्पनीमा आत्महत्या गरेका छन् । उनी ७ महिना अघिमात्रै कोरिया पुगेका थिए ।

आत्महत्याको क्रम नरोकिएपछि रोकथामका उपायशुरु गर्न ईपीएस कोरिया शाखाले पहलथालेको छ । यसैविषयमा केही साता अगाडि काठमाडौंमा कार्यशाला सम्पन्न गरेको ईपीएसले यसै महिनामा मनोरोग विशेषज्ञतथामुटुरोग विशेषज्ञको टोली कोरिया पठाउने भएको छ । मध्यान्ह दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया