कोरिया भाषा परीक्षा केन्द्र सार्वजनिक

काठमाडौँ २१ जेष्ठ

नवौँ कोरियन भाषा परीक्षाको केन्द्र सार्वजनिक गरिएको छ ।

काठमाडौं, ललितपुर र पोखरामा हुने भाषा परीक्षाका लागि २८ केन्द्र तोकिएको वैदेशिक रोजगार विभाग अन्र्तगतको ईपिएस शाखाले जनाएको छ ।

सन् २०१९ मा रोजगारीका लागि कोरिया जाने गरी आह्वान गरिएको दरखास्तामा ८२ हजार दुई सय ३५ ले  आवेदन दिएका छन् ।

सन् २०१९ का लागि कोरिया सरकारले कोटा भने सात हजार एक सयभित्र पर्ने मात्र कोरिया जान पाउनेछन् ।

मासिक न्युनतम पारिश्रमिक एक लाख ५० हजार रुपैयाँ हाराहारी हुने भएकाले पछिल्लो समय कोरिया जान खोज्नेको संख्या बढ्दो छ ।,आजको नागरिक दैनिकमा यो खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया