कोरोनाका कारण अमेरिकामा मात्रै डेढ लाख जनाको मृत्यु

एजेन्सी१५ साउन २०७७

कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या डेढ लाख नाघेको छ। यस्तै ब्राजिलमा ९० हजारभन्दा धेरैको मृत्यु भइसकेको समाचार एजेन्सी एएफपीले जनाएको छ।

जन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४४ लाख १ हजार पुगेको छ भने तीमध्ये १ लाख ५० हजार ४४७ जनाको मृत्यु भएको हो।

यस्तै ब्राजिलमा संक्रमितको संख्या २४ लाख ८३ हजार पुगेको छ भने तीमध्ये ९० हजार १३४ जनाको मृत्यु भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया