‘कोरोनाको कहर’ : ख्यालठट्टा गरे चल्छ विनाशको लहर !

पारसमणि खतिवडा
नेपालमा पहिलो कोरोना सक्रमित भेटिएसँगै नेपाल अबको दोस्रो चरणमा प्रबेश गरेको देखिन्छ । विदेशबाट मात्र अएकामा भनिएको कोरोना अब नेपाल भित्रै सल्किएको छ । नेपालमा सक्रमितको सख्या ९ पुगेसँगै अब झन् यस बिरुध्द साचिक्कै आम नेपाली जुध्नुपर्ने  आवश्यकता देखिन्छ।
सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउनलाई कडाइ गरिरहेको देखिन्छ । एक स्थानीय तहबाट अर्काेमा आवागमन नियन्त्रण गर्नेगरी लकडाउनलाई थप प्रभावकारी बनाउने निर्णय शनिबारको मन्त्रिपरिषद् बैठकले समेत गरेको हो। ‘लकडाउनलाई अझ पूर्ण पालना गर्न र प्रभावकारी ढंगले सम्भावित जोखिम नियन्त्रण र रोकथाम गर्नुपर्ने देखिएको छ’ ‘त्यसका लागि एक प्रदेशबाट अर्काे प्रदेशको आवागमन, एउटा जिल्लाबाट अर्काे जिल्लाको आवागमन, एउटा स्थानीय तहबाट अर्काे स्थानीय तहको आवागमनलाई नियन्त्रण गर्ने र अस्वाभाविक रूपमा आवागमन हुन नदिने र जोखिमलाई यसरी नियन्त्रण गर्ने ´नै उपयुक्त विधि हुने ठानी त्यस्तो निर्णय लिइएकोमा सरकारको उल्लेखनिय कामकको तारिफ गर्नैपर्छ
गत डिसेम्बर ३१ बाट फैलिन सुरु भएको कोरोना भाइरसका कारण विश्वभर ६५ हजारले ज्यान गुमाइसकेका छन्। यस्तै १२ लाख बढी  संक्रमित भइसकेका छन् । तीमध्ये २ लाख २६ हजार ६०३ निको भइसकेका छन् । आजसम्मको तथ्याङ्क नियाल्ने हो भने कोरोना रोकथाम भन्दा पनि झन विश्वकै बिकराल समस्या बनेर यतिवेला तेर्सिएको छ। यसले दिनदिनै आफना नयाँ सन्तती जन्माउदै हिडिरहेको देखिन्छ।
तर नेपालमा पनि नेपाल भित्रै पहिलो सक्रमित भेटिएको छ । अब झन कोरोनाले बिस्तारै नेपाल भित्र पनि प्रभाव जमाउन शुरु गरेको तपाईं हामीमाझ छर्लङ्ग हुन थालेको छ । जब सरकारले देशमा लक डाउन शुरु गर्यो । विदेशमा रहनुभयका विशेष गरि भारतमा रहनुभएका नेपालिहरुलाई वोर्डरमा सरकारले रोक्यो । त्यसक्रममा सरकारको आँखा छलि दोश्रो बाटो अपनाएर नेपाल प्रबेश गर्नैको लर्को नै चल्यो । हो,त्यहिबाटै प्रस्ट भयो सवैलाई घर आउनैपर्ने वाध्यताले नेपालमा कोराना जन्मायो ।
अहिले हामि सङ्क्रमणको दोस्रो चरणमा आएका छौ। किन भने भारत लगाएत तेस्रो मुलुक (विदेश) बाट आउदा जो सङ्क्रमित भएका थिए उनिहरु क्वारेनटाइनमा नबसि परिवारको सम्पर्कमा आएर अन्य व्यक्तिहरुसङ भेटघाट गरे । अहिले सङ्क्रमितको सम्पर्क आएका परिवार तथा अन्य मान्छेहरुमा पनि सक्रमण देखिन थालिसकेको छ । अब यो संख्या बिस्तारै अझै धेरै बढ्दै छ ।
नयाँ व्यक्ति सक्रमित भैहाले पनि ऊनीहरुमा त्यसको लक्षण देख्न १४ दिन लाग्छ । सङ्क्रमणको तेस्रो चरणमा पुगेमा हामिलाइ कोरोना भाइरस नियन्त्रण गर्न धेरै गार्हो पर्नेछ ।
जति छिटो टेष्ट गर्यो त्यति नै जोखिम कम हुन्छ । अहिले जति हुनसक्ने पोजेटिभ केस कन्ट्रोल गर्न सके राम्रो ,नत्र २ हप्ता पछि लाखौँको सङ्ख्यामा संक्रमित भएको खण्डमा हाम्रो जस्तो देशले धान्न सक्दैन !
अब ७७ वटै जिल्ला अस्पतालबाट नमुना संकलन गर्नुपर्छ । अधिक ज्वरो र रुघाखोकीका बिरामीलाई निगरानी राखौ।
अब जुन व्यक्ति प्रती कोरोना भाइरस को आशन्का (सेलेक्टेड बिरामी) छ । त्यस्ता व्यक्तिहरुलाई मात्रै टेस्ट गरेर पुग्दैन’ ‘गाउँ–गाउँमा पुगेर नमुना संकलन गर्नुपर्छ, नभए वास्तविक अवस्था पत्ता लगाउन सकिदैन । यतिवेला सरकार, सुरक्षाकर्मि ,स्वास्थ्यकर्मि, स्थानीय निकायका जनप्रतिनिधि अहोरात्र नागरिक सेवामा खटिरहनु भयो छ । अब झन उहाहरुपनि अलि जिम्मेवार भयर लाग्नुपर्ने अवस्था टड्कारो आएको छ ।
नाका खोल्देउ सरकार ! यहाँ हेपाहा शैतानहरुलाइ लास गन्ने रहर छ । हिजो कैलालीको लम्कीमा भेटिएका कोरोना संक्रमित २१ वर्षीय युवक सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट फर्किएको खुलेको छ । सरकारले कोरोना भाईरसको संक्रमण फैलिन नदिन चैत १० गतेदेखि लकडाउन र सीमा नाका बन्द गरेपछि उनी कैलालीको गौरीफन्टा नाका भएर फर्किएको खुलेको हो । चैत ११ गते नेपाल प्रवेश गर्नुपर्ने माग गर्दै गौरीफन्टामा नाराबाजीमा उत्रिएको भीडमा उनी पनि सहभागी रहेको पाईएको प्रहरीले जनाएको छ।
अब यिनिहरूलाइ लाग्दाे हाे हामिले सरकारलाई छल्याै भनेर तर के थाहा आफुले आफैलाई, परिवार तथा छर छिमेकिलाइ समस्यामा पार्दै छाैँ भनेर । यस्तो हर्कतले हामिमाझ हेपाहा प्रवृति हाबी भएको नै देखिन्छ। सवै कुरा सरकारले गर्न सक्दैन तपाईं हामिले सम्यम र सावधानी यसवारे अपनाउन जरुरी छ ।
अब यदी कडा निगरानी नगर्ने हो भने यो हूलका हूलले नेपाल सखाप पार्ने भयो l दया, माया उनिहरुलाई आफ्नो देश परिवार भेट्ने मनअवस्य छ र देश र परिवारलाई पनि दया, माया नभाको पटक्कै हैन तर अवस्था गम्भिर भएकोले कसरी ब्यवस्था मिलाउन सकिन्छ सुरक्षित तरिकाले भन्ने हो । उनिहरु आतियो भनेर कसैले आजै उद्दार गर्नु भनेर हावाको भरमा गर्ने हैन । १०० जनाले गर्दा ३ करोड जनता नास हुने हिसाबले पनि गर्नुहुँदैन । उद्दार नगर्नु भन्न खोजेको हैन उद्धार गर्नपर्छ ।  तर ब्यवस्था मिलाएर मात्रै गर्नुपर्छ ।  समय र परिस्थिति बुझेर मात्र।
तपाईंहरुको देशप्रेम प्रती म उच्च सम्मान गर्छु। तर यसरी देश प्रेम गर्दैगर्दा सङ्ग-सङ्गै भाइरस पनि उपहार आउँदा तपाईंको प्यारो देशबासी तपाइँकै घर परिवारका सदस्य पनि संक्रमित हुन सक्छन l  ख्याल गर्नुहोस। यो समस्या नेपालको मात्र होइन र यो समस्या सङ्ग नेपाल एक्लैले लड्नुपर्ने अवस्था छैन । यो प्रकोपमा विश्वका हरेक देशले जसरी तपाईं हामिले भोगेका छौ त्यसरी नि सबैले भोगेका छन । यो साझा समस्या हो । डब्लु.एच ओले जुन-जुन देशमा जसरी छौं त्यही बस्न र त्यो देशले बिदेशीलाई समेत आफ्नै नागरिक सरह खान बस्न र रोगको उपचार गर्न अग्रह गरेको छ । सोही अनुरुप हरेक देशले काम कारबाही पनि गरिरहेको छ। यो बुझ्नु जरुरत छ। हिजोसम्म नेपालमा कोहि संक्रमित थिएनन् जो-जो बिदेशबाट आए उनिहरुलाई र उनिहरुकै सम्पर्कमा आएकालाइ यो भाइरसले आक्रमण गरेको कुरा सर्बबिदित नै छ। अति नै अप्ठ्यारो अवस्थामा जुन देशमा छौं तेहि देशमा रहेको दूतावासले सहयोग पनि गरेकै छ;” म मरे पनि मेरो देश बाँचिरहोस” भन्ने बेला मरे पनि मेरै देशमा मर्छु भन्नू “आफ्नो टाउको फुट्छ भने मित्ज्युको टाउको बेलै सरि” भन्ने उखान जस्तो नगरिदिनुहुन अनुरोध छ। मूलत: हिजो मात्र ३ नेपालीमा सँक्रमण पोजिटिभ भेटिएसँगै एकै चोटि यतिका संक्रमित एक साथमा देखिनु भोलि का दिन मा पर्न आउने एक भयावह संकेत को रूपमा सवैले बुझ्नु जरुरी देखिन्छ ।
भोलिपल्ट `किन्तु परन्तु ´को `राग अलाप ´गर्नु भन्दा पनि बेलैमा सबै संबंधित निकायको पूरा सयन्त्र `आगो बल्नु भन्दा अगाबै पूरा शक्ति लगाएर डडेलो ´हुनबाट जोगायर देश र देशवासीलाई सुरक्षित राख्नु र जोगाउनु अति जरुरी देखिन्छ। एउटा महत्वपूर्ण कुरा :काेराेना संक्रमितसंग सम्पर्कमा रहेका प्रत्येक मानिसकाे खाेजि गराै क्वारेन्टाइनमा राखाै परिक्षण गराै। हामी होसियार हुनुपर्ने समय हो यो । लकडाउनलाई कडाइपूर्वक लागू गर्दै टेष्टलाई गति दिन सकेनौं भने महामारीलाई टार्न गाह्रो छ । तसर्थ सरकार,स्थानीय निकाय लाई सुझाव यो दिन मिल्छ कि: अझै धेरै संख्या मा भाइरस फैलिन नदिने हो भने लकडाउन अवधि अलि बढाएर हुन्छ कि कसरी हुन्छ जति धेरैको परिक्षण/टेष्ट गर्न सक्छौ तेति मात्र सङ्क्रमण जोखिम कम गर्नुका साथै नियन्त्रण गर्न सक्छौ कि ? यतिखेरको माहोलमा कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई राम्राेसंग काम गर्न दिनकाे लागि सबै आआफनो घरभित्र बसाै आफु पनि बचाै, अरूलाई पनि बचाअाै ।
काेराेना संक्रमणबाट बच्नकाे लागि कुनै उपचार भन्दा पनि आफु संयमित भयर घरभित्रै वस्दा बच्न सकिन्छ । सवैले विचार गरौ । अब झन प्रस्ट भईसकेको छ । सरकारले सम्पूर्ण शक्ति यतिवेला यस्तो भयानक महामारिमा लगाएको छ। हामिले एक राष्ट्रसेवक नागरिकको हैसियतमा सरकारलाइ आफुले सकेको ठाउवाट सहयोग गर्नैपर्छ । सवै काम सरकारले गर्न सक्दैन । सरकारको मुख ताक्ननि हुन्न। हामी सचेत नागरिकको नाताले सके हामीले सरकारको नीति नियम पालना गरि सहयोग गरौ । नसके हामिले कसैलाइ हानी हुने काम नगरौ। हेपाहा प्रवृतिले सरकारलाई हैन परिवारलाई हानी गराउछ भन्ने कुरा वुझ्न जरुरी छ। सरकारको लकडाउन नियमलाई पालना गरौ। आफुले जानेका वुझेका कुराहरु हेपाहा प्रवृतिमा परिणत नगरौ । घरमै बसौ, सुरक्षित रहौ ! जय देश । जय स्वास्थ्य !
प्रकासित मिति २०७६–१२–२३

फेसबुकबाट तपाईको प्रतिक्रिया