कोरोनाको प्रभाव गरिव–मजदुरमा : ‘राहत प्याकेज’ घोषणा गर सरकार

रिसव गौतम

चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरस (केभिड–१९) ले यतिवेला विश्वलाई नै पुरै आतंकित तुल्याएको छ । यस आलेख तयार पार्दासम्म कोरोना भाइरस विश्वको १९८ ओटा मुलुक अर्थात विश्व ब्रहाण्डभर फैलिएको छ । यतिवेला विश्वका आधा भन्दा ज्यादा मानिस ‘लकडाउन’ अर्थात घरभित्रै बसेर भाइरस विरुद्ध लडिरहेका छन् । विश्वभरका मानिसहरु कोरोना भारस विरुद्धको लडाईमा आफना सरकारहरुलाई सघाइरहेका छन् । यस्तो विषम परिस्थीतिमा विश्वभरका देशहरुले आआफ्ना जनताहरुलाई उचित उपचारको चाँजोपाँजो मिलाउनुका साथै धेरैले जनताहरुलाई राहतको प्याकेज समेत घोषणा गरिरहेका छन् । अमेरिका तथा युरोपका विकसित एवं धनी राष्टहरुले त विपदको यस घडीमा जनतालाई अन्य सुविधाको आलवा नगद राहत दिइरहेका छन् । वास्तम्बमै यस्तै घडीमा सरकारको जनताप्रतिको दायित्व अधिक रहने गर्छ ।
एक महिना भन्दा केही अघि मात्रै चीनबाट देखिएको कोरोना भाइरसबाट आजको मितिमा आइपुग्दा विश्वभर गरेर झण्डै साँढे ५ लाख मानिस संक्रमित भएका छन् । २४ हजार भन्दा बढी मानिसहरुले यसै भाइरसको सक्रमणबाट मृत्युवरण गरेका छन् । अनगिन्ती मानिसहरु भाइरसको संक्रमणका कारण सिरियस अवस्थामा अस्पतालका बेडहरुमा छट्पटाइरहेका छन् । त्यसकारण अहिलेको समय वास्तम्बमै एक्काइऔ शताब्दीको मानवको लागि विषम समय हो । यस घडीमा विश्वकै मानव समुदाय मिलेर भाइरस विरुद्ध लड्न जरुरी छ ।
कतिपयलाई लाग्ला यस भाइरसबाट आफु जोग्गिए भैहाल्छ नी, अरु को के मतलब । तर त्यस्तो होइन् । यो भाइरसको प्रकृति र फैलावटले पुष्टि गरिसकेको छ कि यसले न धनी, न गरिव, न नजिक वा न टाढा हरेक भुगोल र हरेक मानिसमा पुग्नसक्ने तागत यस भाइरसले राखेको देखिन्छ । त्यसकारण विश्वका ७ अर्ब मान्छेहरुमध्ये एकजनाले मात्रै पनि आत्मअनुसासन उलंङन गरे वा बदमाशी गरे त्यसको शिकार आम विश्व ब्रहाण्डबाशी हुनसक्ने पुष्टि भइसकेको छ । त्यसकारण आम मानिसमा यस भाइरसबारे यथोचित जानकारी गराइ सचेत गराइनु जरुरी छ । आम मानिसले सरकारले निर्णय गरे अनुसार अनुशासित रुपमा लकडाउन पालना गर्न जरुरी छ । अन्यता विश्वका ख्यातीप्राप्त भाइरोलोजिष्ट वैज्ञानिकहरु समेत आश्र्चयमा परेका यस भाइरस विरुद्ध लड्न कठिन हुनेछ । वैज्ञानीकहरुले नै यस भाइरस विरुद्धको खोप बन्न ५ बर्षसम्म पनि लाग्न सक्ने बताइसकेका छन् । त्यसकारण अत्यन्तै सचेत हुनु र अरुलाई पनि सचेत गराइइनुको विकल्प छैन ।
मास्क लगाउने, नियमित रुपमा सावुन पानीले हात धोइरहने, कथमकदाचित रोगको लक्षण देखिइ हाले तोकिएको अस्पतालमा गइ परिक्षण गराई अरुलाई सर्नबाट जोगाउने र आवश्यक उपचार गर्ने गर्नु पर्दछ । हरेक मानिसले देखाउने अनुसाशन र आत्म अनुसाशन नै यस रोग विरुद्ध लड्ने बलियो आधार हो । अन्यथा यस माहामारीले विकराल रुप लिनसक्छ । जसले नसोचेको परिणाम ल्याउन सक्छ ।
यस घडीमा बरु सरकारले अन्य देशहरुले जस्तै जनतालाई राहत प्याकेज दिन जरुरी छ । सके देखि सरकारले आम जनतालाई लक्षित गरी राहत प्याकेज ल्याउनु पर्छ । त्यो नसकेपनि आजै कमाउने र आजै खाने खालका गरिव तथा मजदुर बर्गलाई लक्षित गरी राहत प्याकेज तत्काल घोषणा गर्न जरुरी छ ।

त्यसले पनि उनीहरुको तत्कालको आवश्यकता परिपुर्ती हुनेछ । त्यसो भयो भने सरकारले अलिक लामो समय देशलाई लकडाउन गरेर प्राणघातक कोरोना भाइरस देशमा फैलन नदिन सक्दछ । त्यो ब्यवहारिक र अहिलेको आवश्यकता समेत हो । अहिले ब्यापार व्यवसाय, विकास र सम्बृद्धिका गतिविधि नेपालका मात्रै होइन विश्वभरिकै रोकिएको छ । ब्यापार, विकास र सम्बृद्धिको दृष्टिले विश्वभर घडीको सुइ नै रोकिए जस्तो अवस्था अहिले छ । त्यसकारण पनि सरकारले धेरै लोभ नगरिकन गरिव तथा श्रमिक बर्ग र आम जनतालाई लक्षित गरि सरकारले राहतको घोषणा गर्न जरुरी छ । छिमेकी भारतले समेत त्यस्तो घोषणा गरिसकेको छ । नेपालले पनि त्यो गर्नुपर्छ । अर्थमन्त्रालयले यस घडीमा भोलीको लागि विकास बजेट पुग्दैन कि भनेर सोच्ने, राजस्वको लक्ष्य चौपट भयो भनेर सोच्ने होइन । यो वेला भनेको मानविय संवेदनशीलताको घडी हो । जनता रहे न देश रहन्छ त्यसकारण जनप्रिय निर्णयहरु तत्काल घोषणा गर सरकार । राहतको प्याकेज घोषणा गर ।
प्रकासित मिति २०७६–१२–१४

फेसबुकबाट तपाईको प्रतिक्रिया