कोरोनाले अर्थतन्त्र र समाजमा देखिनसक्ने प्रभाव एवं परिवर्तन

लक्ष्मण गौतम

कोरोना भाईरसको भ्याक्सिन हत्तपत्त बन्ने देखिदैन । त्यसैले यो छिटो जाँदैन । कोरोना भाईरस कम्तीमा पनि अर्को २ बर्ष माहामारीकै रुपमा रहन्छ र बिस्तारै हाम्रो शरीरको प्रतिरोधात्मक शक्त्ती ( यन्टीवडी ) बढ्दै गएर यो भाईरसको असर कम हुँदै जान्छ । अबको ३-४ साता पछि युरोप, अमेरिका, ब्राजिल, रशिया, भारत, पाकिस्तान लगायत बिश्वका धेरै देशहरुमा झै नेपालमा पनि यो भाईरसका कारण केहीको मृत्‍यु हुन सुरु हुन्छ र हामीमा झन त्रास फैलिन्छ । तर पैसाकै कारण अन्य मुलुकहरुमा झै नेपालमा पनि लकडाउन अहिलेकै अवस्थामा झै निरन्तर रहन सक्दैन । बिस्तारै उधोग, पसलहरु खुल्न थाल्छन । तर पहिलेको झै सामान्य अवस्था भने आउँदैन । तसर्थ केही क्षेत्रको लगानी डुब्ने खतरा चाँही छ ।

१- पर्यटन क्षेत्र : पैसाको अभाव र कोरोनाको त्रासका कारण नेपालमा पर्यटकहरु कम्तीमा पनि अर्को दुई बर्ष आउँदैनन । तसर्थ पर्यटकलाई लक्षित गरेर गरिएको सबै लगानी डुब्छ ।

२- होटल / रेन्टुरेन्ट : नेपालमा बल्ल माहामारी फैलिने क्रममा छ । कोरोनाको त्रास र पैसाको अभाव आउनै बाँकी छ । तसर्थ अझै केही समय ( कम्तिमा दसैं तिहारसम्म ) यो क्षेत्र प्रभावित हुन्छ र पहिलेको जस्तो सामान्य अवस्थामा आउन अर्को २ बर्ष लाग्छ ।

३- उधोग र पसल : पैसाको अभावका कारण मानिसले अत्यन्तै आवस्यक बाहेक फजुल खर्च गर्दैनन ।  तसर्थ देशको अर्थतन्त्र पहिले कै अवस्थामा नआउदासम्म यो क्षेत्र पनि प्रभावित रहन्छ ।

४- निर्माण : अहिले बिदेश गएकाहरुले तराईमा घर बनाउने क्रम तिब्र रुपमा चलेको छ ।  तर अब रेमिटान्स नै रोकिएपछि घर बन्ने काम पनि स्वतह रोकिने नै भो । त्यस्तै खस्किदो अर्थतन्त्रका कारण सरकारसँग पनि बिकास निर्माण तर्फको बजेट कम हुन्छ ।

५- अस्पताल र औषधी : अबको केही समय मानिस घरमै बस्छन र बाहिरको खाना खाँदैनन ।  तसर्थ मान्छे स्वस्थ्य रहन्छन ।  त्यस्तै सडकको चाप कम हुँदा दुर्घटनामा पनि कमी आउछ । तसर्थ कम मानिस अस्पताल जान्छन र औषधीको खपत पनि कमै हुन्छ ।

६- शैक्षिक, सार्वजनिक यातायात र हवाई क्षेत्र : मानिसमा कोरोनाका कारण १ बर्ष नपढे पनि केही हुँदैन भन्ने मानसिकताको बिकास भएको छ भने त्रासकै कारण धेरै मानिसले अब केही समयका लागि सार्वजनिक यातायात र हवाई सेवाको प्रयोग गर्दैनन ।

तर नेपालमा अब सबै भन्दा बढी फस्टाउने भनेको कृषि क्षेत्र हो । लाखौं नेपाली बिदेशबाट स्वदेश फर्केसँगै बजारमा खाध्यान्नको माग बढछ भने अब यो क्षेत्र सरकारको प्राथमिकतामा पर्छ र यो क्षेत्रको बजेटमा पनि बृद्दी हुन्छ ।

( यो लेखकको नितान्त ब्यक्त्तीगत विचार हो र उनी तरुण दल रुपन्देही जिल्ला सदस्य हुन )

प्रकासित मिति २०७७–२–१

फेसबुकबाट तपाईको प्रतिक्रिया