कोरोनाले आक्रान्त शहरमा निरश जिवन बिताइरहेको छु

 लेखनाथ सुवेदी
 हाल लिजवन, पोर्तुगल, युरोप 

सुरुमा त स्वदेश तथा बिदेशमा बस्नुहुने सम्पुर्ण नेपाल दाजुभाइ, दिदि बहिनीहरुमा नयाँ बर्ष २०७७ सालको हार्दिक शुभकामना व्यक्क्त गर्दछु ।

कोभिड -१९ अर्थात कोरोना भाइरस बिश्व महामारीका रूपमा फैलिइ रहदा नेपालदेखि बाहिर रहने लाखौं श्रमजिबि युवाहरु पनि यसको चपेटामा परेका छ्न ।
कतिपयको काम गुमि केको अबस्था छ । कतिपय डरै-डरको स्थितिमा काम गर्न बाध्य छ्न । अहिले धेरैजसो प्रदेशिहरुका दुःखपिडा कहाली लाग्दा छन । प्रदेशमा कोरनाकै कारण ज्यान गुमाउने र संक्रमीत हुने नेपालिहरुको संख्या पनि दिन प्रतिदिन बढदै गएको अवस्था छ । कोरोना संक्रमणबाट सफल उपचार भएकाहरू पनि प्रसस्तै छ्न ।
म पनि प्रबासमा नै छु । घरदेश देखि सात समुन्द्र दूर कोरोना संक्रमिक सहरमा नै जिबन बिताइ रहेको छु । प्रबासमा जतिसुकै सुरक्षित  रुपले बसेको महसुस गरेता पनि यो अबस्थामा घर परिवार, आफन्त, साथिभाइहरुको याद आउनु, एक्लो महसुस हुनु, अत्यास लाग्नु, न्यास्रो अनुभुति पक्कै पनि सबैलाई हुन्छ । यस्तो अबस्थामा सबैजना आफ्ना नजिक रहेका साथीहरूको सम्पर्कमा रहिरनु होला। आत्मबल र सकारात्मक सोचाइको बिकास गर्नुहोला । हरेक समस्याबाट जुध्न मानसिक रूपमा तयार रहनुहोला । आत्मबल र आत्मविश्वास भन्ने चिज संसारको सबैभन्दा ठूलो औषधि हो भन्ने सन्देश पनि दिन चाहन्छु ।

तपाईहरु आफ्नो बिचार र भाबनाहरु स्वतन्त्रतापुर्बक ब्यक्त गर्न सक्नुहुन्छ । प्रदेशमा तपाई हाम्रा जीवन भोगाइ र बिचारहरु पक्कै पनि अलगअलग हुन्छ । समस्या पर्ने बितिकै नजीकको राजदुताबास, गैर आवासीय संगठन  (NRNA) तथा सामाजिक सस्थाहरुमा सम्पर्क गर्नुहोला । प्रबासमा तपाई हामी अफ्ट्यारोमा पर्दा पहिलो मलमपट्टी यिनै सस्थाले लगाउन सक्नुपर्ने हुन्छ । यहाबाट नै यथासिघ्र साथ सहयोग पाउन सकिन्छ । सिधै सामाजिक मिडियामा भाबबिहिल हुँदा त्यसले समाजमा नकारात्मक असर पार्न पनि सक्छ ।
बिश्व समुदाय र परिवेशलाई नजिकैबाट नियालेर हेर्दा बिदेशीहरुले आफ्ना नागरिकहरुलाई खोजीखोजी स्वदेश लगेका प्रसस्तै उदाहरणहरु छन् । नेपालमा रहेका बिदेशी नागरिकहरुलाई पनि सम्बन्धित देशको सरकारले पेलेन चाटर गरेर स्वदेश फिर्ता गरिरहेको अबस्था छ । साठी लाख भन्दा बढी श्रमजीवी नेपाली युवाहरु प्रदेशमा बस्दै काम गर्दै छन् भनेर बताउने नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालयले पनि यो महामारिको समयमा आफ्ना नागरिकहरुको खोजीमा अल्लि बढी चासो दिनुपर्ने थियो ।

घरपरिवार र जन्म भुमिको माया के हो भनेर महाकालीमा पौडिएर तर्दै गरेका तस्बिर र सिमानामा बसेर भोकै हारगुहार गरिरहेका आवाजहरुले बताइ सकेका छ्न । यस्तो अबस्थामा आफ्ना नागरिकको खोजी नगर्नु अत्यन्तै दुस्खद विषय हो । हेरेक पटक राज्यलाई आपत्ती पर्दा बाढी पहिरो, महामारी, भुकम्प आउँदा प्रबाशिहरुले लगाएको गुनलाई सरकारले बिर्सनु हुदैन । आर्थिक संकट टार्नका लागि घरबाट टाढा भएका नेपालिहरु कसको पो रहर हुन्छ होला र  ! कोरोनाको कोसेली लिएर घर फर्किन लाई रु बिदेशदेखि आफ्नै खर्चमा देश फर्किन छौ हामीलाई ? देश फर्किने बाताबरण मिलाइयोस भनेर भनिरहदा सरकार र श्रम मन्त्रालय किन केही बोल्दैन ? स्वदेश फिर्ता हुन चाहानेहरुको मेडिकल स्वास्थ परिक्षण गरेर नेपाल एअरलाइन्समै आफ्ना नागरिकहरु फिर्ता लान सकिदैन ? यस्तै बिपत्तिको अबस्थामा होइन र राज्यको समपती प्रयोग गरि आफ्ना नागरिकलाई सुरक्षा दिनुपर्ने ? जहाँ जस्तो अबस्थामा हुनुहुन्छ तेहि सुरक्षित रहनुहोला भनेर मात्रै के सरकारको आफ्ना नागरिकप्रतिको उतरदायित्व पुरा हुन्छ होला ?
बिश्व नै आतंकित हुनेगरि कुनै देश, सिमाना, भूगोलक नभनी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण लाखौं श्रमजिबि युवाहरूको रोजीरोटी खोसिएको अबस्थामा, श्रेम तथा रोजगार मन्त्रालयले विभिन्न देशहरूमा आपतकालीन हेल्प डेस्कहरु र मोबाइल नेटवर्क तयार गरिदिएको भए धेरै साथ र सहयोगको महसुस हुने थियो । रेमिटेन्सको स्वाद मिठो मान्ने सरकारले प्रबासी जनताहरुलाई पैसा कमाउने औजारको रुपमा नलियोस । सरकार प्रबाशिहरुको सुख दुःखको असल सहयात्री पनि बनोस ।

प्रकासित मिति२०७७–१–१

फेसबुकबाट तपाईको प्रतिक्रिया