कोरोनाले ल्याउन सक्ने आर्थिक संकट !

अनिश खतिवडा

चीनको वुहान प्रान्तबाट २०१९ को डिसेम्बर तिर देखिएको नोबेल कोरोना भाइरल अर्थात COVID-19 ले यतिबेला पुरै बिश्व झस्किएको छ। बिश्वका १९९ ओटा देशमा फैलिसकेको यो भाइरसले चीन र अमेरिका जस्ता बिश्वको महाशक्ति मुलुकहरुलाइ नराम्ररी हल्लादिएको छ।चीनले यदाकदा महामारी रोकिसकेको छ भने अमेरिका,बेलायत, इटाली ,स्पेन,जर्मन र फ्रान्स जस्ता पश्चिमा मुलुकहरु त्रसित छ्न ।संक्रमित र मर्नेको संख्या भयावह छ।

यसबाट बच्नका निमित्त र सम्भाबित जोखिम कम गर्न बिश्वका अधिकास देशहरुले अन्तर्राष्ट्रिय उड्डयनमा रोक लगाएका छन।कलकारखाना /औद्योगिक ,शैक्षिक ,यातायातका क्षेत्र लगायत मानिसको भिडभाड हुने क्षेत्रहरु बन्द गरेका छ्न र मानिसलाई भिडभाड नगर्न र बिना काम घरबाहिर ननिस्कन अपिल गरेका छन भने कतिपय मुलुकहरू कर्फ्यु पनि लगाइएको छ। यसबाट बिश्वमा ठूलो आर्थिक संकट आउन सक्ने विभिन्न आर्थिक हेर्न सस्था र जानकारहरुले अनुमान गरेका छन।

सम्भाबित संकटहरु उत्पादनमा कमी, सामरिक र सामर्थ्यका हिसाबले दुई बलिया राष्ट अमेरिका र चीनको उत्पादन र उपभोग यतिबेला  न्यून रहेको छ । साथै भारत र अरु पश्चिम्मा मुलुकमा लकडाउन गरिएको छ। यसबाट दैनिक उपभोग्य बस्तुहरु खाद्यान्न ,औसधि र लत्ताकपडाको अभाव सृजना हुनसक्छ । अधिकास ब्यबसायहरु बन्द छन । यसबाट मुलुकहरुको आर्थिक क्रियाकलापमा र गतिविधिमा कमि आउछ । यसले राज्य र व्यावसायिलाई ठूलो आर्थिक नोक्सान चुकाउनु पर्ने देखिन्छ र यसबाट धेरै श्रमिकले जागिरबाट हात धुनुपर्ने अवस्था सिर्जना हुन्छ भने व्यवसायी पालयन हुनसक्ने अवस्था सिर्जना हुन सक्छन र उपभोक्ता मारमा पर्ने सक्छन।

आर्थिक वृद्धिदरमा कमि : OECDका अनुसार यो बर्ष बिश्वको आर्थिक वृद्धिदर 2.4% र एसियाको आर्थिक वृद्धिदर 4.9% अनुमान गरिएको थियो। अनिश्चितकालिन बन्द र त्रासले प्रक्षपण गरिएको जस्तो आर्थिक वृद्धिदर कायम हुनसक्ने आधार छैन ।

सेयर बजारमा पहिरो : देशको आर्थिक सुचकको रुपमा लिइने stock exchange प्राय सबैजसो देशमा ओरालो लागेको छ। कोरोनाको त्रासले लगानीकर्ताहरु त्रसित छन । सियर बजार एकैदिनमा १०० अंकले ओरालो लाग्न थालेको छ । जसले देशको आर्थिक स्थितिको मुल्यांकनमा सघाउ पुर्यायको छ।

तेलको मुल्यमा भारी गिरावट : उच्च माग र आपूर्ति रहेको तेलको भाउमा भारी गिरावट आएको छ। कोरोनाको हल्लासंगै मुल्यमा गिरावट आउन थालेको तेलको भाउमा १५० डलर प्रति ब्यारेल देखि ४२ डलर प्रती ब्यारेलमा आइपुगेको छ। यसले मध्य पुर्बिय खाडीको देशहरुले ठूलो आर्थिक संकट भोग्नु पर्ने देखिन्छ।

गरिव मुलुकहरूमा संकट : यहि अवस्था कायम रहने हो भने इथियोपिया, केन्या,मालबी,निगोर,रुवाणडा,तान्जेनिया,युगान्डा बङ्गलादेस र नेपाल जस्ता मुलुकहरूले ठूलो आर्थिक र मानबिय धाटा सहनुपर्ने अवस्था आउन सक्छ।ठूलो आर्थिक मन्दी को सामना गर्नुपर्ने अबस्था र भोकमरी, कुपोषण र स्वास्थ सम्बन्धि जटिल भन्दा जटिल समस्याहरुको सामना गर्नुपर्ने अबस्था सिर्जना हुनसक्छ।

प्रकासित मिति २०७६–१२–१५

फेसबुकबाट तपाईको प्रतिक्रिया