कोरोना पछिका प्रधानमन्त्री वामदेवलाई अग्रिम वधाई !
नन्दलाल खरेल
कोरोना नियन्त्रण पछि वन्ने हाम्रा भावी प्रधानमन्त्री वामदेव गौतमलाई अग्रीम वधाई तथा शुभकामना छ यो पङ्तिकारको तर्फबाट । पङ्तिकारका तर्फबाट मात्र होइन सम्भवतः देशका सबै नागरिकले समेत अग्रीम वधाई दिएका छन् भन्ने लाग्छ । शक्ति संधर्षको युद्ध विराम भएको छ । तत्कालका लागि हालै वसेको नेकपाको सचिवालयको वैठकले वामदेवलाई उपयुक्त समयमा प्रतिनिधि सभाको सदस्य वनाई त्यसबाट जिताई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ । यो निर्णयले दुईवटा प्रश्न माथि आंशका गरेको छ । एउटा कोराना नियन्त्रण पछि भन्ने वाक्यांश र अर्को उपयुक्त समयमा प्रतिनिधि सभा सदस्य बनाउने भन्ने वाक्यांश ।
ओलीले कोरोना नियन्त्रण पछि भन्ने शब्द बडो चलाखी पूर्वक ल्याएका छन् । कोरोनाको प्रकृति हेर्दा यसले लामो समय नलेला भन्न सकिन्छ । विश्वका ठूला महामारीका इतिहास हेर्ने हो भने कयौं वर्ष लागेको पाइन्छ । ब्ल्याक डेथ(कालो मृत्यु) मानव सम्यताकै सबैभन्दा विनाशकारी महामारी हो । यो महामारीले सन् १३४७ मा शुरु भएर १३५१ मा सकिएको थियो । यसले ४ वर्ष समय लिएको थियो । त्यो समयमा त्यो महामारीले २० करोड मानिसको ज्यान लिएको थियो । अन्य थुप्रै महामारीहरु विश्वको मानिसले भोगेका थिए । जसले कैयौ वर्ष नियन्त्रण गर्न समय लागेको थियो । यो पङ्तिकार त्यस विषयमा धेरै कोट्याउन चाहँदैन । कोरोना भाइरस छिट्टै नियन्त्रण होस र नेकपाका एक शक्तिशाली नेता वामदेब गौतम छिट्टै प्रधानमन्त्री हुन् र देश समृद्धिको यात्रामा चाँडै फड्को मारोस र हाम्रा तमाव समस्याहरु छिट्टै समाधान हुन् ।
प्रधानमन्त्री ओलीले अर्को महत्व पूर्व चलाखी युक्त के निणर्य गराएका छन् भने उपयुक्त समयमा कुनै निर्वाचन क्षेत्रको ठाउँ खाली गरी त्यहाँबाट निर्वाचीत गरी वामदेशलाई संसदीय दलको नेता बनाई प्रधानमन्त्री वनाउने । ‘उपयुक्त समय’ भित्रको रहस्य धेरैलाई थाहा नभएपनि प्रधानमन्त्रीलाई राम्रोसँग थाहा छ । उनी कुशल राजनीतिक खेलाडी हुन् भन्ने यसपालीको सचिवालयको वैठकमा उनले राखेको प्रस्तावबाट प्रष्ट हुन्छ । अब वामदेब प्रधानमन्त्रीको लागि तयार हुन उपयुक्त समय कहिले आउँला भनि मृग तृष्णामा रुमल्लिरहेने छन् र वेला–वेला ओलीलाई सोध्नेछन् कमरेड अब त उपयुक्त समय आएन र ? प्रधानमन्त्रीले जवाफ दिने छन् । देशको यस्तो विषम परिस्थिती छ । तपाई उपयुक्त समयको कुरा गर्नु हुन्छ भनी जवाफ दिनेछन् । सत्ताको प्यासमा वामदेव कहिले सम्म रुमाल्लिरहने हुन् यसै भन्न नसकिने छ ।
मानौ कोरोनाको महामारी पनि चाँडै नियन्त्रण भएछ, मुलुकमा उपयुक्त समय पनि आएछ । कुनै सदस्यले आफुले पाएको सांसद सदस्य पनि छोडेर वामदेवलाई । नेकपाको टिकट दिएर प्रतिनिधि सभाको निर्वाचनमा पनि होमेछ । के निर्वाचनमा होमिदैमा वामदेवले जित्नेछन् भन्ने कुनै ग्यारेन्टी छ ? उनलाई पार्टीको नेता, कार्यकर्ताले नै अन्तरघात नगर्ला भन्न सकिन्छ ? किन यति सामान्य कुरा पनि नेकपाका सचिवालय सदस्य वामदेव गौतमले वुझेनन् ? उनलाई वर्तमान प्रधानमन्त्री ओलीले वडो नराम्रो सँग चिप्ल्याएका छन् । उनको छवी पनि नेपाली जनतामा त्यति राम्रो छ भन्न नसकिने अवस्था छ ।
सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय वैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् । आत्माआलोचना गर्दा प्रधानमन्त्रीको कुर्सि वच्छ भने कसले यस्तो नगर्ला । राजनीतिको नाट्य मञ्चमा यति गर्नु ओलीका लागि खास ठूलो कुरा होइन । अब नेपाल कम्युनिष्ट पार्टीको विवाद साम्य भएपछि प्रचण्ड–माधव गुट अब गम्भीर संकटमा परेको छ । केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष हुँदै पदबाट वर्खास्त गर्ने गरी थालिएको खेलकुद नेताहरुको सामूहिक आत्मालोचनामा पुगेर टुंगियो । यसघटनाबाट पार्टीका कार्यकर्ता के वुझे होलान ? हिजो प्रधानमन्त्रीलाई हटाउन कहिले कोटेश्वर, कहिले खुमलटार र कहिले भैसेपाटीको वैठकको कुनै अर्थ रहेन । अब नेकपामा ओलीले जति हाली मुहाली गरेपनि कसैले केहि गर्न नसक्ने देखिएको छ यो राजनीतिक परिदृश्यबाट ।
हालै सम्पन्न सत्ता संधर्षको अल्पकालिन युद्ध विराममा ओलीका दुवै पद सुरक्षित रहे भने प्रचण्ड माधव गुटबाट वामदेब गौतमलाई चारेर सचिवालयमा आफ्नो वहुमत कायम गर्न ओली सफल त भए । त्यतिमात्र होइन यत्रो ठूलो महामारीका विचमा खेलिएको फोहोरी खेलले आन्तिममा ओलीलाई व्यक्तिगत फाइदा त पक्कै भयो । तर, जनताको आँखाबाट भने नेकपाको सबै नेताहरु एकैपटक रसातलमा गिरेका छन् । क्रान्तिलाई धोका दिई दलाल पुँजीवादी संसदीय व्यवस्थामा आत्मसर्मपण गर्ने नेता प्रचण्डलाई यतिको धोका दिनु पर्ने नै थियो । पाप धुरीबाट कराउँछ भन्ने उखान अहिले चरितार्थ भएको छ ।
नेपाली राजनीतिमा शक्ति संघर्षको चरमउत्कर्षणको वेला सत्ता संधै दक्षिणी नेताहरुको वाक्लो उपस्थिति हुन्थ्यो भने यसपाली फुटको संधारमा पुग्न लाग्दा उत्तरी छिमेकी राजदूतको खुला सक्रियता देखियो । उनले एकैदिन प्रधानमन्त्री ओली, प्रचण्ड, माधवसँग उनीहरुको निवास पुगेर भेटवार्ता गरिन । भेटबार्तामा उनीहरुका विचका कुरा वाहिर नआए पनि उनकै सक्रियताले सरकारको खड्ग ओलीको खड्गो टेरेको आकलन राजनीतिक तथा वौद्धिक वृतमा चर्चाको विषय बनेको छ । यसमा केहि सत्यता नहोला भन्न सकिन्न । त्यहि सुत्रले दुई वर्ष अघि दुई कम्युनिष्ट पार्टीलाई एक बनाएको थियो । मुलुकमा राजनीतिक संकट आउँदा दक्षिणी छिमेकीको दौडधुप मात्रै देख्दै आएका हामी नेपालीहरुका लागि अहिले नौलो दृश्य हुन गएको छ ।
वामदेव सहित अन्य वष्ठि नेताहरुले ओलीलाई गम्भीर आरोप लगाएका थिए । सरकार भ्रष्टाचारमा पुरै लिप्त भएको, प्रधानमन्त्रीले पार्टीको निर्णय नमानेका,े विभिन्न प्रकरणहरु जस्तै वाइडबडी प्रकरण, यती प्रकरण, गोर्कण रिर्सोट प्रकरण, गोकुल प्रकरण, बालुवाटार जग्गा खरिद प्रकरण, स्वास्थ्य सम्बन्धी सामान खरिद प्रकरण (ओम्नी प्रकरण) । तर आज नेकपाका सबै सचिवालय समितिका सदस्यले यी सबै अनुमोदन गरेको छ । यो ज्यादै लज्जाको विषय हो । एउटा सामान्य नागरिकले कुनै कसुर गरेमा सजायको भागी हुनु पर्छ । तर खै हाम्रा प्रधानमन्त्रीलाई सजाय !
भावी सम्मानिय प्रधानमन्त्री वामदेव ज्यू तपाई लाखौ कार्यकर्ता भएको नेकपाको दुई तिहाइ नजिकको वहुमत प्राप्त पार्टीको उपाध्यक्ष हुनुहुन्छ । यो त्यति चानचुने पद होइन । पार्टीमा वषौ अहोरात्र खटेका कार्यकर्ता जिल्ला समिति सदस्य र केन्द्रिय समितिको सदस्यमा आउन सकेका छैनन् । यो पङ्तिकार तपाईलाई प्रश्न गर्न चाहान्छन् । के तपाईलाई जनताको पक्षमा काम गर्न यत्रो ठूलो पदले पुगेन ? एउटा गाउँपालिकाको वडा सदस्यले पनि जनताको पक्षमा थुप्रै काम गर्न सक्छन् । एउटा सामाजिक अभियन्ताले पनि भ्रष्टाचारका विषयमा जनताका विषयमा थुप्रै काम गरिरहेका हुन्छन् । तपाई त पटक पटक मन्त्री पनि भइसक्नु भएको छ । के काम गर्न तपाईलाई सिंहदरवारको ढोका खोल्नै पर्ने ?
यी सबै कुराहरु तपाईको पार्टीका कार्यकता र आम जनताले हेक्का राखेकै छन् । तर यो पङ्तिकारको तर्फबाट तपाईलाई भावी प्रधानमन्त्रीको अग्रीम शुभकामना छ । तपाई प्रधानमन्त्री भएपछि हाम्रा कलमहरुलाई त वन्देज लगाउनु हुन्न नी ।
प्रकासित मिति २०७७–१–२८
फेसबुकबाट तपाईको प्रतिक्रिया