कोरोना बिमा र खस्किएको बिमा कम्पनीका साखः
रिसव गौतम
पछिल्ला बर्षहरुमा नेपालमा बीमा गर्नेहरुको जमात बढ्दै गएको देखिन्छ । विश्वव्यापीकरणको प्रभाव, सामाजिक जागरण र चेतनामा भएको बृद्धि, सरकारको पनि केही पहलकदमी, रोगब्याधको प्रकोप आदि कारण बीमा गर्नेहरुको जमात बढेको देखिन्छ । झण्डै एक बर्षयताबाट सुरु भएको कोरोना महामारीले पनि नेपालमा बिमा गर्नेहरुको बढाएको छ । यद्यपी नेपालका बिमा कम्पनीहरुले अझैपनि जनताको विश्वास जित्न सकेका छन् ।
पछिल्लो केही समययता कोरोनाको बिमा गर्नेहरु हवात्तै बढे । सुरुवातीमा नेपालमा कोरोना तिव्रतर नफैलिने आँकलन सहित नयाँ स्कीमको रुपमा कोरोना बिमा योजना ल्याएका कम्पनीहरुले नै जनविश्वास जित्न सकेनन् । उनीहरुको आँकलन विपरित नेपालमा कोरोनाका विरामी अत्याधिक देखिए । फलस्वरुप कोरोना बिमा गर्नेहरुको दाबि भुक्तानी दिन नै आनाकानी गरे । फलस्वरु मापदण्ड पुगेका सबै पिडितहरुलाई ७ दिनभित्र कोरोना बिमाको दाबी भुक्तानी दिन अर्थ मन्त्रालयले ठाडो निर्देशन नै दिन पत्र्यो । बिमा कम्पनीहरुको त्यो खालको दुरावस्थाले नेपालमा बिमाप्रति सर्बसाधारणको आर्कषण र विश्वास बढ्न सकेको छैन । कोरोना बिमामा कम्पनीहरुले देखाउन नसकेको आत्मविश्वास र कमजोर व्यवहारहरु उनीहरुकै खाखः कमजोर बनाएको छ । बिमा कम्पनीहरुले महामारीको यस घडीमा परिपक्क व्यवहार देखाउन सकेका भए संघटकै घडीमा यस व्यवसाय प्रति मानिसहरुको विश्वास बढेर जान्थ्यो । कोरोना बिमा गरेका करिव ९० प्रतिशतले दाबी भुक्तानी नपाएका समाचार आएका थिए । मन्त्रिपरिषदले नै निर्णय गरेर भुक्तानीको लागि निर्देशन दिनु परेको थियो । त्यसको पनि बफादारिताको साथ कम्पनीहरुले निर्णय पालना गरेनन् । कोरोना महमारी सुरुभएयता हालसम्म झण्डै २० लाखले कोरोना बिमा गरेका तथ्याङक छ । बिमितबाट कम्पनीहरुले १ अर्ब भन्दा ज्यादा रकम संकलन गरे । तर दाबि भुक्तानी गर्ने बेला मापदण्ड पुगेका, कागजपत्र पुगेकाहरुलाई समेत कम्पनीहरुले भुक्तानी दिन पुरापुर आनाकानी गरे । यसबाट वास्तम्बमा बिमा कम्पनीहरुकै व्यवसायमाथी कलंक थपिएको छ । विश्वास गिरेको छ ।
तरपनि हालको समयमा नेपालमा सबैभन्दा बढी सम्भावना भएको व्यवसाय बिमा ब्यवसाय हो । सोही तथ्यलाई मध्यनजर गर्दै झण्डै चार दर्जन जिवन तथा निर्जिवन बिमा कम्पनी नेपालमा सञ्चालनमा आइसकेका छन् ।
हालसम्म नेपालमा २५ प्रतिशत नेपालीहरु बीमाको पहूँचमा आइपुगेका तथ्याङक छन् । ७५ प्रतिशत नेपालीहरु बिमा बाहिरै छन् । नेपालमा बीमा समितिबाट इजाजतपत्र लिइ ३९ ओटा बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । त्यसमध्ये १९ ओटा जिवन बीमा कम्पनी रहेका छन् भने २० ओटा निर्जिवन बीमा कम्पनीहरु छन् । यसरी पछिल्लो दशक बैंकहरु जस्तै बीमा क्षेत्रले पनि छलाङ मारेको देखिन्छ । सञ्चालनमा आएका धेरै कम्पनीहरुको प्रोफाइल पनि मजवुद नै देखिन्छन् । दर्जन भन्दा बढी जिवन बीमा कम्पनीहरु त बैंकहरुले नै सञ्चालनमा ल्याएका देखिन्छन् ।
वास्तम्वबै बीमा अपरिहार्य हो । हरेक चीजको बीमा गरिनु आवश्यक देखिन्छ । अझ जीवन बीमा त अपरिहार्य नै छ । बीमा गर्दा हरेक खालका जोखिमका भारहरु बीमा कम्पनीहरुले नै बहन गर्ने कारण मान्छेका तनावहरु कम हुन्छन् । जिन्दगी नै सहज हुन्छ ।
नेपालमा सन्र्दभमा बिं सं २००४ सालमा निर्जिवन बिमा कम्पनीको रुपमा नेपाल इन्योरेन्स कम्पनी लिमिटेडको स्थापना भयो । सो पश्चात बीमा व्यवसायको सुरुवात भएको हो । विश्वको इतिहास हेर्ने हो भने ५ सय बर्ष पहिले बेलायतबाट बीमा ब्यवसायको सुरुवात भएको पढन् पाइन्छ । नेपालमा दोश्रो बीमा कम्पनीको रुपमा भने २०२४ सालमा आएर राष्ट्रिय बीमा संस्थानको स्थापना भयो । यी दुइ सरकारी तवरबाट सञ्चालित संस्थानहरुले आफ्ना गतिविधिहरु अघाडी बढाएको निकै लामो समय पछी मात्रै नेपालमा नीजि क्षेत्रबाट पनि बीमा कम्पनीहरु खोलिएका हुन् । नेपालमा नीजि क्षेत्रबाट पहिलो पटक २०४४ सालमा नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स कम्पनी स्थापना भएको हो ।
नेपालमा बीमा व्यवसायको सुरुवात भएको ७१ बर्ष पुरा भएपनि लामो समयसम्म उपयुक्क्त कानुन तथा नीति नियम नबनेको कारणले यस व्यवसाय पछाडी पर्यो । ०४६ सालको नयाँ बहुदलीय उदार व्यवस्था पछी मात्रै यस व्यवसायमा नीजि क्षेत्रबाट लगानी बढ्न थाल्यो ।
यसरी नेपालमा बीमाको इतिहास भने लामो नै देखिन्छ । तर विदेशीहरुको दाँजोमा यो व्यवसाय नेपालमा निकै नै पछाडी परेको छ । अन्यन्त्र कतिपय देशहरुमा बीमा गर्नेपर्ने चलनहरु छन् । अझ स्वास्थ्य बीमा त अनिवार्य गराइन्छन् । तर नेपालमा त्यस्तो व्यवस्था नभएकोले पनि यो व्यवसाय पछाडी परेको देखिन्छ । यस व्यवसाय अघी बढ्न नसक्नुको अर्को मुल कारण आर्थिक पनि हो । मानिसहरुले बीमा गर्ने भनेको बचतको अवस्थामा नै हो । बचतको लागि आम्दानीका स्रोतहरु बलियो हुनैपर्छ । देशकै अर्थतन्त्र, रोजगारीको अवस्था सबै अवयवहरु राम्रो हुँदा मात्रै बीमा व्यवसाय मौलाउने हो । पछिल्लो दशक नेपालमा शान्ति सु–ब्यवस्था कायम हुँदै गएको छ । रोजगारीका लगि विदेशीने नेपालीहरु बढेका छन् । फलस्वरुप रेमिटयान्स् पनि बढेको छ । रेमिट्यान्सकै बृद्धि र प्रभाव स्वरुप बंैक वित्तिय क्षेत्र देखि बीमा कम्पनीहरु समेत मौलाएका हुन् । बैकहरुको निक्षेप बढाउने कुरामा रेमिटयान्स्ले नै अग्रणी भुमिका खेल्यो । जसकारण उनीहरुले बढेको निक्षेप लगानी गर्न पाए । बिजनेस बढाउने मौका पाए । फलस्वरुप बैकहरुले शिघ्र प्रगती गरिरहेका पनि देखिन्छन् । बैकहरुकै अगुवाइमा अहिले बीमा क्षेत्र समेत फष्टाउँदै गएको देखिन्छ । बीमा क्षेत्र फष्टाउँदै जानुमा मल्टी मिडियाहरुको हात पनि उत्तिकै छ । मानिसहरुमा सचेतनाको बृद्धि नगरुन्जेल बीमा क्षेत्र निश्चय नै अघाडी बढ्न सक्दैन । बीमा भनेको के हो र यो किन आवश्यक छ ? भन्ने कुराको जानकारी हरेक नेपालीमा गराउन जरुरी छ । उनीहरुलाई उचित ढंगले जानकारी गराइने हो भने यो व्यवसायको भविष्य नेपालमा निकै उज्वल छ । बीमा गर्दा सबैले आफना जोखिमका भारहरु घटाएर सन्तुष्टी जिवन समेत बाँच्न पाउँछन् । तर नेपालमा त ग्रामिण भेगहरुको त कुरै छाडौं । शहरी क्षेत्रमै पनि बीमा बारे यथोचित बुझाइ जनमानसमा छैन । अझै बीमा गर्ने कार्यलाई सही मान्ने चलन यहाँ छैन । धरै धनाद्य र पढेलेखेकाहरु समेत बीमा गर्ने कार्यहरुबाट चुकेका छन् । त्यसकारण बीमा व्यवसाय बढाउन र मानिसका जोखिमका भारहरु कम गर्न बीमा सम्बन्धी तालिम, प्रचार प्रसार जस्ता जनचेतनामूलक अभियान जरुरी छ ।
यद्यपी पछिल्ला केही बर्षयता बैक तथा वित्तिय संस्थाहरुबाट नै बीमाको पनि सेवा सुरुवात भए यता बीमाको पहुँच बढेको देखिन्छ । बैकहरुले बीमा कम्पनीहरुसँग बैकास्योरेन्स अर्थात बीमा सेवा प्रदान गर्ने अधिकार सहितको सम्झौता गरेका छन् । र, आफुले प्रतिस्पर्धी रुपमामा सेवाग्राहीहरुलाई प्रदान गर्ने सेवा सुविधाहरुमा बीमालाई समेट्नुले पनि यो क्षेत्र फष्टाउन पाएको छ । बीमा क्षेत्रलाई नियमन तथा नियन्त्रण गर्न, यसलाई अघी बढाउन हालसम्म बीमा समितिले काम गरिरहेको छ । तर अहिले बीमा विधयक संघीय संसदमा दर्ता छ । दवादार छलफलमा रहेको विमा विधयक ०७५ ले हालको बीमा समितिलाई प्राधिकरणमा रुपान्तरण गर्ने गरी कानुनलाई संशोधन तथा एकिकरण गर्न ल्याइएको छ । जे होस् बीमा क्षेत्रलाई ब्यवसायिकरण, व्यवस्थीतिकरण र जनताको सहज पहुँचमा पु¥याउँन सरकार लागेकै देखिन्छ ।
मुलत बीमा कम्पनीहरुको चुक्क्ता पूँजी कम हुनु र उनीहरुले विगतमा आफनो स्तर पनि बढाउन नसक्दा जनमानसमा विश्वासको वातावरण बढ्न नसकेको हो । त्यसकारण बीमा कम्पनीहरुको चुक्क्ता पुँजी बढाउँदै लगेर विश्वासको बतावरण सिर्जना गर्न सक्नुपर्छ ।
नेपाललाई बीमा व्यवसायलाई लिएर विश्वकै उर्भरभुमी मानिन्छ । किनकी नेपालमा जम्मा १७ प्रतिशत मानिसले मात्रै बीमा सेवा लिइरहेका छन् । अपार सम्भावना भएकै कारण बीमा क्षेत्रमा लगानी गर्न नेपालीहरु मात्र होइन विदेशीहरु पनि लालाहित छन् ।
पछिल्ला दशकहरुमा नेपालमा व्यवस्थापन संकायमा विधार्थीहरु बढ्ेका र व्यवस्थापन संकायमा बीमा सम्बन्धी विषयगत पठन सामग्रीहरु राखिएकाले पनि बीमा सेवा केही बढेको हो । तर यसलाई विधालय स्तरमै राखिने हो भने सबैले बीमा भनेको के हो र यसबाट फाइदा के हुन्छ ? भन्ने अवगत गराउन सकिन्थ्यो । जसले गर्दा बीमा गर्नेहरु बढ्थे । तर अहिले त सचेतनाकै अभावले गर्दा विश्वमै सबै भन्दा न्युन प्रतिशत मानिस बीमा गर्ने देशहरु मध्येमा नेपाल पर्छ । आधुनिकताले विश्वव्यापी रुपमा धपक्कै छोपेको परिपेच्क्षमा नेपालमा भने थपिएका सुविधाहरु ग्रहण गर्ने मामिलामा मानिसहरु पछी पर्नु दुखदायी हो । पछिल्लो बर्षहरुमा सरकारी स्तरबाटै लघु बिमा, कृषि बीमा, स्वास्थ्य बीमा लगायतमा भएका पहलकदमी सार्थक देखिन्छन् । त्यसलाई अझै घनिभुत बनाउँदै लैजानु पर्ने आवश्यकता छ ।
अहिले वास्तम्बमा नेपालीलाई पुग्ने र थेग्ने सङख्यामा बीमा कम्पनीहरु खुलिसकेका छन् । सरकारले यस्ता कम्पनीहरुलाई इजाजतपत्र दिएर मात्रै हुदैन । यस क्षेत्रलाई अझ ब्यवस्थीत गर्न ऐनहरु संशोधन गर्नुपर्छ । बैकहरुलाई जस्तै यस बीमा व्यवसायका क्षेत्रलाई अझ व्यवस्थीत एवं कडाई गरेर विश्वासिलो र भरपर्दो बनाउन जरुरी देखिन्छ । बीमा कम्पनीहरु पुँजीगत रुपमा दरिलो हुनुपर्छ, मानव संसाधन र अधिकर्ताहरु सबै हिसावले व्यवस्थीत हुन जरुरी छ ।
बीमा गर्ने परिपाटिको विकास गर्न सकियो भने त्यसले जनताको बचतमा पनि बृद्धि हुन्छ । जनताले बीमा गर्दा उठाइएका रकमहरु बिकास निर्माणका ठुला आयोजनाहरुमा लगानी हुन सक्दछन् । खासगरी जिवन बिमा गर्नेहरु बढद लामो अवधिको ठुलो कोषहरु खडा हुन्छन् । त्यस्तो कोषको निधक्क लगानी बीमा कम्पनीहरुले गर्न सक्दछन् । जसले गर्दा बीमा कम्पनीलाई पनि र बीमा गर्ने ब्यक्तिलाई पनि उत्तिकै फाइदा हुन्छ । दुबैतर्फी फाइदा हुने यस ब्यवसायकै कारण राज्यको आर्थिक गतिविधि बढाउन, कर आय बढाउन, दिर्घकालिन आयोजनाहरुमा लागानीका लागि स्रोत र समग्र आर्थिक बिकासमा बिमाले धेरै ठुलो भुमिका खेल्छ । त्यसकारण सरकारी तवरबाट बीमा क्षेत्र प्रति सकारात्मक धारणा सहित यसलाई अघाडी बढाउन पहलकदमी आवश्यक छ । आजको जमानामा बीमा अति आवश्यक हो । जुन तथ्य जनतालाई बुझाउन सक्नुपर्छ ।
प्रकासित मिति २०७७–८–१८
फेसबुकबाट तपाईको प्रतिक्रिया