कोरोना माहामारी : नेपाललाई भारतसँगको सिमा-नाका नै जोखिम

रिसव गौतम

कोरोना माहामारीले यतिवेला विश्वलाई अस्थब्यस्थ बनाइदिएको छ । शिघ्र फैलनसक्ने र उपचार समेत पत्ता नलागेको यस प्रणघातक भाइरसले दुनियाँभर त्रासदी फैलाएको छ । यस आलेख तयार पार्दासम्म विश्वमा करिव साँढे १२ लाख मानिसहरु कोरोनाबाट संक्रमित भएका छन् । ७० हजार भन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । यस भाइरस विश्वको २०५ मुलुकमा फैलिइसकेको छ ।
सरकारको समान्य लाप्रवाहीका कारण नेपालमा पनि हाल कोरोना संक्रमित ९ जना पुगिसकेका छन् । जे जति नेपालमा कोरोना संक्रमित देखा परेका छन् । ती सबै विदेशबाटै आएकाहरु छन् । सरकारले कोरोना रोग फैलिएका मुलुकहरुसँगको हवाइ कनेक्सन बेलैमा छुटाएको भए र लकडाउन पनि चैत्र १ गतेबाटै गरेको भए आज यो खालको समस्या देखिदैनथ्यो । चैत्र ४ देखि नै नेपालमा कोरोना रोगी भित्रिएका हुन् ।
सुदुरपश्चिममा पछिल्लो ३ दिन अघि देखा परेका कोरोना संक्रमित भारतबाट नेपाल फर्किएका थिए । सुदुरपश्चिम क्षेत्रबाट भारतमा रोजगारीका लागि धेरै नेपाली जाने गरेका छन् । त्यसरी फर्किएका नेपालीलाई कम्तिमा १४ दिन छुट्टै क्यारेन्टिनमा राखेर आवश्यक चेकजाँचको प्रक्रिया पुरा गरेको भए त्यसले थप त्रास पैदा गर्दैनथ्यो । तर अहिले भारतबाट फर्किएका ती नेपालीले त्यहाँ के कति सङख्यामा भाइरस फैलाए एकिन हुन सकेको छैन । सरकारले सुदुरपश्चिम क्षेत्रलाई सम्भावित महामारीको जोखिम क्षेत्र भन्दै त्यहाँ ¥यापिड चेकजाँच गर्ने बताएको छ । तर त्यसलाई शिघ्रता दिन अझै सकेको छैन । हाल बाग्लुङ, दाङ, कैलाली, धनगढी लगायत क्षेत्रमा कम्तिमा ३ लाख जनामा कोरोना जाँच गरिने भनिएको छ । तर भनिए जस्तै गरिएको छैन । सरकारले बोल्ने काम मात्रै ज्यादा गरेको छ । महामारी रोक्न उचित तयारी गर्न सकेको छैन । एउटै मात्र के राम्रो गरेको छ भन्दा त्यो हो लकडाउनलाई निरन्तरता । तर लकडाउनलाई निरन्तरता दिएपनि सिमा–नाका कडाइ गर्न नसक्दा लकडाउनको सान्र्दभिकता पुष्टि हुन सक्दैन । एकातिर हवाई, पर्यटन लगायतका क्षेत्रमा कयौको रोजगारी गुम्न थालेको छ भने अर्कोतिर आजै कमाएर आजै खाने खालका दुखी, गरिव एवं मजदुर बर्ग बडो कष्टमाझ जिवन काटिरहेका छन् ।
मुल विषय के हो भने सरकारले भारतसँगको पुर्व पश्चिम सम्पूर्ण सिमाना र नाका पुरै लक गर्न सक्नुपर्छ । हामी नेपालीलाई जे जति जोखिम छ त्यो अब भारतसँगको सिमा नाकाबाटै हो । जुन कुरा सरकारको कुर्सीमा बसेकाहरुले राम्ररी बुझ्न पर्यो ।
सरकारले आगामी हप्तापछि आन्तरिक रुपमा लकडाउन खोलेपनि केही छैन । तर शिघ्र रुपमा माहामारी फैलिरहेको भारतसँगको सिमा नाका पुरै नियन्त्रण गर्न जरुरी छ । ती नाकाबाट चरो, मुसो केही पनि नछिरुन् ।
भारतमा अहिले १२० जना भन्दा बढी मानिस कोरोना भाइरसको संक्रमणका कारण मरिसकेका छन् । त्यहाँ करिव ५ हजार मानिस कोरोना संक्रमित भएका छन् । पछिल्ला दिनहरुमा विश्वका प्रभावशाली मानिसहरु, त्यहाँका पूर्वप्रधामन्त्री तथा पूर्वराष्टपतीहरु नै कोरोना संक्रमणबाट मृत्यु भोगिरहेका छन् । स्पेन तथा इटाली लगायतमा पैसाले मात्रै केही हुने रहेनछ भनेर पैसा नै च्यातेका भनेर पनि समाचार आए । वास्तम्बमा पैसाले मात्रै सबैथोक आफनो नियन्त्रणमा राख्न सक्दो रहेनछ । त्यो आज विश्वका धनकुबेर अमेरिका, बेलायत, फ्रान्स, स्पेन, इटाली लगायत देशमा कोरानाले मच्चाइरहेको आतंकबाट पुष्टि हुन्छ । त्यसकारण मानिसमा अनुशसन, संयमता र धर्यता हुन जरुरी छ । त्यो धेरैहदसम्म चाइनाले देखाइरहेको छ । थोरबहुत नेपाली जनताले पनि सरकारले लगाइरहेको लकडाउनलाई साथ दिएर देखाइरहेका छन् ।
वास्तम्बमा कोरोनाले महामारीको रुप लिएको खण्डमा हामी नेपालीलाई बचाउने भगवान पशुपतीनाथ बाहेक अरु कोही हुनेछैन । किनकी अहिलेको माहामारीले आजसम्मको मितिमा हामीलाई हिट गरेको छैन । संयोगवश कोरोनाको इपि सेन्टर नै रहेको छिमेकी चीनले यसलाई लगभग नियन्त्रण गरिसकेको छ । रोग फैलन नदिनेमा चीन असाध्यै सम्बेदनशील हुनुले नै उत्तरी नाका नेपालको लागि जोखिको क्षेत्र नहुने देखिन्छ । खुल्ला सिमाना रहेको र सिमा–नाका पनि धेरै रहेको भारतसँगको नाका नेपालको लागि जोखिम बनिरहेको छ । सरकारले त्यस क्षेत्रलाई असाध्यै कडिकडाउ गर्न जरुरी छ । अन्यथा नेपालमा रोगको महामारी फैलियो भने स्पेन, इटलीको जस्तो मात्र नभइ भयावह हुनसक्छ । जुन कुरा नेपालका वीज्ञ डाक्टरहरुले नै बारम्बार बताइरहेका छन् । नेपालमा न उपचारको राम्रो प्रबन्ध छ न औषधीको जोहो छ न त उपचार प्रविधि र प्रर्याप्त उपकरण एवं चिकित्सक नै छन् । त्यसकारण नेपालमा रोग नै फैलन नदिनु नै सबैभन्दा बुद्धिमानी हो । जसबाट नेपाल जस्तो अति गरिव मुलुकले पार पाउन सक्छ ।
जे जति सकेको छ सरकारले यस बखत गरिरहेकै छ । त्यसको सह«ाना गर्न सकिन्छ । तर यसबीच कोरोना उपचार सामग्री खरिद गर्ने क्रममा हुन खोजेको अनियमितता र भष्टाचारले धेरैलाई झस्काएको छ । निराश बनाएको छ । त्यस्ता तत्वलाई प्रधानमन्त्री ज्युले ठाडो आदेशमा कुर्सीबाट हटाउन सक्नु पर्छ । अनि मात्रै सरकार प्रति जनविश्वास बढेर जानेछ ।
अन्त्यमा, भष्टाचारको हिसाव किताव त पछि पनि मिलाउन सक्छ राज्यले तर अहिलेको मुल विषय जनताको जिउधनको रक्षा नै हो । यो महामारीबाट अहिलेको सरकारले नेपाली जनतालाई सुरक्षित राख्न सक्नु नै उसको जित हो । सरकारको ‘शुखी नेपाली, सम्बृद्ध नेपाल’ नारा जो छ । महामारीको यो समयमा सरकारले जनताको जिउज्यानको रक्षा गराइदिन सक्यो भने उसको आधा लक्ष्य अर्थात शुखी नेपालीको नारा पुरा भएको ठर्हछ । त्यसकारण सरकारले भारतीय सिमा क्षेत्रलाई ज्यादै नै व्यवस्थीत, नियन्त्रीत बनाउन जरुरी छ । जवसम्म यस रोगको महामारी अन्त्य हुदैन । तबसम्म सिमा नाका लक नै गर्नुपर्छ । त्यति गर्न सक्यो भने सरकारको जय जय विजय नै हुन्छ । चेतना भया ।

प्रकासित मिति २०७६–१२–२४

फेसबुकबाट तपाईको प्रतिक्रिया