कोरोना संक्रमणबाट बच्न एनआइसी एसियाको सर्तकता विधि, ग्राहकको स्वास्थ्य उच्च प्राथमिकतामा

बिजनेसपाटी १ बैशाख, २०७७

कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्नको लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला मुलुकको अर्थतन्त्रलाई चलायमान राख्न वित्तीय क्षेत्रलाई सञ्चालन गर्न आवश्यक देखिए अनुसार एन आई सी एशिया बैंकले संक्रमण न्यूनिकरण सतर्कताका विधिहरू अपनाई आफ्ना सेवाहरूलाई निरन्तरता दिएको छ । विश्वमा पहिलोपटक कोरोना संक्रमणको जोखिम भेटिएदेखि नै नेपालमा हुनसक्ने जोखिमको परिकल्पना गर्दै यस बकैले विशेष सावधानीका साथ ग्राहकहरूलाई आफ्ना सेवा तथा सुविधा प्रदान गरिरहेको छ । ग्राहक महानुभावहरू तथा कर्मचारीवर्गको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर बैंकले हालसम्म ५० वटा भन्दा बढी शाखा कार्यालय, कुल ४६१ वटा एटिएम तथा विभिन्न विद्युतीय माध्यमहरूबाट ग्राहक महानुभावहरूको विभिन्न बैंकिङ्ग आवश्यकताहरू पूरा गरिरहेको छ ।

बैकले अपनाएका सुरक्षा उपायहरु यस्ता छन् ।

क. ग्राहक महानुभावहरूमा अपनाईएका सुरक्षाका उपायहरूः

  • बैंकले सामाजिक सञ्जाल, एसएमएस तथा पोस्टरहरू मार्फत Covid-19 संक्रमण तथा यसबाट सावधानीको उपायका बारेमा जनचेतनामूलक जानकारी दिइरहेको ।
  • बैंकले सेवा दिइरहेका शाखा कार्यालयहरूमा ग्राहक महानुभावहरू पुग्नुभन्दा २ घण्टा अगावै ग्राहक महानुभावहरूको चहलपहल हुने क्षेत्र तथा कर्मचारीहरूको कार्यक्षेत्र सम्पूर्ण रुपमा Covid-19 प्रतिरोधक हुने गरी Disinfectant औषधी छर्किने गरिएको ।
  • शाखा कार्यालयमा खटिएका सुरक्षा गार्डद्वारा अत्यावश्यक सेवा लिन आउनुहुने ग्राहक महानुभावहरूलाई मास्क तथा स्यानिटाइजर प्रयोग गर्न सल्लाह दिने गरिएको र स्यानिटाइजरले हात सफा गरेपश्चात मात्र ग्राहकलाई बैंकिङ्ग सुविधा लिन बैंक प्रवेश गराएको ।
  • बैंकले हालसम्म आंशिक रुपमा सेवाहरू सुचारु गरिसकेको अवस्थामा सेवा लिन आउनुभएका ग्राहक महानुभावहरूलाई यथाशक्य Thermal Gun को सहायताले ज्वरो (शारीरिक तापक्रम) नाप्ने व्यवस्था गरिएको र तापक्रम उच्च (१०० डिग्री फरेनहाईट भन्दा माथि) भएको खण्डमा तुरुन्त चिकित्सकीय परामर्श लिन सुझाव दिने गरिएको ।
  • ग्राहक महानुभावहरूलाई सेवा लिन आउँदा सामाजिक दुरी कायम राख्न लगाउने व्यवस्था गरिएको ।
  • शाखामा पुग्नुभएका ग्राहक महानुभावहरूलाई सकेसम्म विद्युतीय माध्यमबाट बैंकिङ्ग कारोबार गर्न आग्रह गरिनुका साथै यसको लागि बैंकले विभिन्न विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सेवाहरूलाई हाल निःशुल्क गरिएको ।
  • शाखा कार्यालयहरूमा कोरोना भाइरसको संक्रमणबाट सावधानी तथा सुरक्षित रहनको लागि जनचेतनामूलक सूचना राखिएको ।
  • ग्राहक महानुभावहरूको बैंकिङ्ग कार्यमा समस्या आएको खण्डमा सो को समाधानका लागि बैंकले ‘डिजिटल हेल्प डेस्क’ तथा प्रादेशिक तथा उपप्रादेशिक क्षेत्रमा ‘ग्राहक सहायता केन्द्र’ को समेत स्थापना गरेको ।

ख. एटिएममा अपनाईएका सुरक्षाका उपायहरूः

  • ग्राहक महानुभावहरूले एटिएम प्रयोग गर्दा स्यानिटाइजर प्रयोग गर्न अनिवार्य व्यवस्था गरिएको ।
  • प्रत्येक ४८ घण्टामा एटिएममा ऋयखष्म(ज्ञढ प्रतिरोधक हुने गरी म्ष्कष्लाभअतबलत औषधी छर्किने व्यवस्था गरिएको ।
  • एटिएमहरूमा कोरोना भाइरसको संक्रमणबाट सावधानी तथा सुरक्षित रहनको लागि जनचेतनामूलक सूचना राखिएको ।
  • एटिएमहरूमा भीडभाड गर्न नदिई ग्राहक महानुभावहरूको दुरी कायम गराएर मात्र रकम झिक्ने व्यवस्था मिलाइएको ।

ग. कर्मचारीवर्गहरूमा सुरक्षाको निम्ति अबलम्बन गरिएका उपायहरूः

  • बैंकले विश्व जगतमा कोरोना संक्रमणको अवस्था देखिए देखि नै क्तबाा ब्मखष्कयचथ जारी गरि आफ्ना कर्मचारीलाई उच्च सतर्कता अपनाउन संचार गरिरहेको ।
  • कार्यालयमा उपस्थित कर्मचारीहरूले मास्क, पन्जा तथा स्यानिटाइजर लगाएर ग्राहक महानुभावहरूलाई सेवा दिने व्यवस्था बैंकले गरेको ।
  • नोटको प्रयोगबाट कोरोना भाइरस जस्तो महामारी फैलिन सक्ने अवस्थालाई ध्यानमा राख्दै बैंकले ग्राहक महानुभावहरूबाट प्राप्त नगद रकमलाई समेत तुरुन्त म्ष्कष्लाभअतष्यल गरेर जम्मा गर्ने व्यवस्था गरेको ।
  • सेवामा रहनुभएका कर्मचारीहरूलाई बैंकले सवारीमार्फत घरसम्मै लिन र छोड्न जाने सुविधा बैंकले प्रदान गरिरहेको ।

फेसबुकबाट तपाईको प्रतिक्रिया