कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा

काठमाडौं ४ असार।

कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको न्यूजर्सीमा भएको खेलमा कोलम्बियाले पेनाल्टी सुट आउटमा पेरुलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । पेनाल्टि सुट आउटमा कोलम्बिाया ४-२ ले विजयी भयो ।

निर्धानिर ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो । पेनाल्टिमा पेरुका दुई खेलाडी चुकेसँगै कोलम्बियाले सेमिफाइल यात्रा तय गरेको हो । कोलम्बिायाले अब मेक्सिको र चिलीबीचको बिजेतासँग सेमिफाइनल खेल्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया