कोशी नदीमा डुंगा पल्टियो

काठमाडौं १ अशोज  ।

शनिबार मध्याहृनमा कोशी नदीमा डुंगा पल्टिएको छ । सुनसरीको श्रीलंका टापुबाट प्रकाशपुर ५ राजावासा आउँदै गरेको डुंगा पल्टिएको हो ।डुंगामा सवार २२ जनाको उद्दार गरिएको छ भने अन्यको खोजी भइरहेको छ ।  नेपाली सेनाको टोलीका साथै स्थानीयबासी उद्धारमा जुटेका छन् ।डुंगामा ४५ भन्दा बढी रहेको र क्षमता भन्दा बढी यात्रु बोकेकाले दुर्घटना भएको अनुमान छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया