’कोहलपुर एक्सप्रेस’मा केकीको लगानी

काठमाडौँ ८ कार्तिक
पछिल्लो समय प्राय अभिनेत्रीहरुले आफ्नो कलायात्राको निरन्तरता देखाउनका लागि चलचित्र निर्माणमा हात हाल्ने गरेका छन् । चलचित्र निर्माणमा नायिकाहरुको पनि उपस्थिती बाक्लै देखिन थालेको छ । यहि क्रममा अभिनेत्री केकी अधिकारी पनि ‘कोहलपुर एक्सप्रेस’का साथमा चलचित्र निर्माणमा आएकी छिन् । केकीले जुनकिरी आर्टस्को ब्यानरमा ‘कोहलपुर एक्सप्रेस’ बनाउने औपचारिक घोषणा गरेकी छन् ।
चलचित्र ‘स्वर’ बाट चलचित्रमा नायिकाका रुपमा प्रसतुत भएकी केकीले ‘कोहलपुर एक्सप्रेस’मा पनि आफ्नो सपना प्राप्तीका लागि संघर्ष गर्ने छिन् । ३ युवतीका आ–आफ्नै सपना प्राप्तीका लागि गर्ने यात्रा र संघर्षको उतार–चढाव झेल्दै चलचित्रमा केकीका साथमा ऋचा शर्मा र प्रियंका कार्की पनि देखा पर्ने भएका छन् । साथमा बाल कलाकार कुशाग्र भट्टराईको पनि​ अभिनय रहने छ ।

केहि म्यूजिक भिडियोमा आफ्नो निर्देशकिय कला देखाएका विशाल भण्डारी यसै चलचित्र मार्फत निर्देशकका रुपमा आउँने भएका छन् । कमेडी जानरामा बनाइन लागिएको फिल्ममा विनोद न्यौपाने, बुद्धि तामाङ, रवीन्द्र झा, सुजन कार्कीलगायतको पनि अभिनय रहनेछ ।

‘कोहलपुर एक्सप्रेस’को औपचारिक घोषणामा केकीले खुशी हुँदै आफ्नो सपना पुरा हुन लागेको बताईन् । उनले चलचित्र निर्माण गर्ने आफ्नो पहिलादेखिकै सपना भएको बताएकी छिन् । केकीलाई चलचित्र निर्माणमा भद्रबहादुर शाही, देवीलाल न्यौपाने र शिवप्रसाद चौलागाईंले साथ दिएका छन् ।

सान बस्न्यातको पटकथा रहेको चलचित्रलाई अर्जुन तिवारीले खिच्नेछन् । कात्तिक १३ देखि छायांकन थालिने उक्त चलचित्रलाई लोकेश बज्राचार्यले सम्पादन र गम्भीर विष्टले नृत्य निर्देशन गर्ने भएका छन् । राजनराज सिवाकोटी, अर्जुन पोखरेल र कालीप्रसाद बाास्कोटाका गीतहरू फिल्ममा समावेश गरिने बताइएको छ । by saptahik

फेसबुकबाट तपाईको प्रतिक्रिया