क्यान्सर अस्पताललाई नै ‘क्यान्सर’

काठमाडौँ ६ पौष

व्यवस्थापनलगायत विषयमा ठूलो आर्थिक अनियमितता भएको सरकारी छानबिन टोलीले देखाएको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

व्यवस्थापकीय हिसाबले अस्पताल अधोगतिमा लागेको उजुरी र गुनासोपछि स्वास्थ्य मन्त्रालयले बनाएको उच्चस्तरीय छानबिन टोलीले अनियमितता भएको ठहर गरेको हो ।

टोलीको प्रतिवेदन आउनेवित्तिकै स्वास्थ्यमन्त्री गगन थापाले अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकसँग स्पष्टीकरण सोधेका थिए ।

छानबिनका क्रममा टोलीले आर्थिक रुपमा वाषिर्क बजेटभन्दा बढी र स्रोत नै सुनिश्चित नभई २६ करोड रुपैयाँभन्दा बढी खर्च भएको देखिएको तर करोडौं मूल्यका उपकरण खरिद प्रक्रियामा आपसी विवादका कारण अडि्कएको जनाएको छ ।

समितिले चीन सरकारले सहयोगस्वरूप दिएको २७ करोडबरारबरको उपकरण प्राप्त भएपछि हालसम्म त्यसको प्याकेजसमेत नखोली जडानमा चासै नदिएको समेत औंल्याएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया