क्यान्सर पिडितको सहयोगार्थ “तिरिमिरि नाईट २०१६”

 बिजनेसपाटी

सिड्नी,४,अगस्ट

तिरिमिरि नाईट २०१६ को तयारीमा जुटेका सिड्नीका निकै चर्चित गायक तथा समाजसेवी समिर आचार्य भन्छन्  “हामी कार्यक्रम प्रति वफादार छौ, जुन ब्यवसायीक रुपले प्रस्तुत हुनुपर्ने हो सोही रुपमा प्रस्तुत हुनेछौ । साथै समुदायमा बसेपछी सवैको आफनो जिम्मेवारी रहन्छ सोही कुरालाई मनन गर्दै हाम्रो तिरीमीरी नाइट २०१६ वाट खर्च कटाएर आएको रकम क्यान्सर पीडीत बहिनी मनीषा सांवोको उपचार स्वरुप प्रदान गर्ने छौ यो प्रतिवद्यता तिरीमीरी नाइटको टिमवाट र हामी सवैले सवैलाई सहयोग गरौ” उहाँ थप्नुहुन्छ कृपया यो पब्लीसिटी स्टनको रुपमा नवुझीदिनुहोला । हाम्रो दर्शकको सिट संख्या पूर्ण भैसकेको छ यो स्वच्छ मनले गरेको सहयोग हो, र आशा छ राम्रो आर्थीक श्रोत आउनेछ अहिलेसम्मको आकलन अनुसार” ।tee

अगस्त १३ मा सिड्नी तीरीमीरीमय हुने भएको छ । हार्मोनी सारेगमको प्रस्तुतीमा सिड्नीको यसफील्ड टाउन हलमा अष्ट्रेलीयाबाटै आफनो सांगीतीक गतिलाई अगाडी वढाइरहेका गायकहरुको प्रस्तुती हुने भएको छ । तिरीमीरी नाइटको लागी अष्ट्रेलीयामा रहेका गायकहरु समीर आचार्य, सैलेश शर्मा, सुवास लामीछाने र संजीव पराजुलीले जोडदार प्रस्तुती दीने भएका छन् भने युट्युव क्वीन निक्की कार्की यसै कार्यक्रमको लागी अमेरीकावाट अष्ट्रेलीया आउने तयारीमा छीन । कार्यक्रमा नृत्यको प्रस्तुती अष्ट्रेलीयाकै नृत्य ग्रुप नेपीन्डोको हुने तय भएको छ । पछिल्लो समयमा सिडनी लगाएत अष्ट्रेलीया भरी नै नेपाली कार्यक्रमहरु नीकै उल्लासमय वनाएर प्रस्तुत गर्ने गरे पनि प्राय कार्यक्रमहरुमा साउण्डको कमजोरी देखीएका हुन्छन् यसै कुरालाई मध्यनजर गर्दै पूर्ण मनोरञ्जको साथमा लाइटिंग र साउण्डमा आयोजकहरु निकै ध्यान दिएको जानकारी आएको छ ।

समीर आचार्य र निक्की कार्कीको लगातार २ वर्ष २ वटा गीतहरु “हैन भन्देउ न माया हैन भन्देउन” र “दुनीया वेग्लै छ” ले नेपाली सांगीतीक आकाशमा धमाका मच्चाइसकेको छ भने गायक संजीव पराजुलीले नेपाली सुगम संगीतमा आफनो नाम ठुलै अक्षरले लेखाइसकेका छन् । “भिलमील झिलमील” र “चाहनामा म तिम्”रो जस्ता ओजन भएका गीतहरुले श्रोताको मन जीतीसकेका छन । त्यसै गरी “तिमी हीडने वाटो भरी” र “मदहोसी भए म” जस्ता गीतहरुले गायक शैलेस शर्मा पनि मन मनमा वस्न सफल भएका छन । गायक सुवास लामीछानेको निकै मौलीक प्रस्तुती हुने कार्यक्रमलाई पूर्णरुपमा मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरीने भएको छ । सही कलाकारको परीचय स्टेजमा दिने अभिप्रायले कलाकारहरु निकै उत्साहीत छन्। यो राम्रो थिम बोकेको प्रोगार्मलाई बिजनेसपाटी टिम धेरै धेरै शुभकामना दिन चाहन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया