क्यान्सर, मुटु र मिर्गाैला रोगी बढ्दै

काठमाडौँ ३१ असार
-झापामा चालु अार्थिक वर्षमा ५ सय ८७ जना क्यान्सर, मुटु र मिर्गौला रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। तीमध्ये सबैभन्दा बढी क्यान्सर रोगी रहेका छन्। क्यान्सर रोगीको सङ्ख्या २३८ जना रहेकोमा १२६ जना महिला र ११२ जना पुरुष रहेको कार्यालयले जनाएको छ। गत आर्थिक वर्षमा  क्यान्सरका २२७ जना रोगी फेला परेका थिए।
त्यस्तै, मुटु रोगीको सङ्ख्या आवको असार ९ गतेसम्मको अवधिमा १३१ रहेको कार्यालयले जनाएको छ जसमा ६० महिला र ७१ पुरुष रहेका छन्। गत वर्ष भने १२२ जना मुटु रोगमा बिरामी झापामा फेला परेका थिए।
झापामा क्यान्सर, मुटु पछि उस्तै भयावह भन्दै गएको मिर्गाैला रोगीको सङ्ख्या ६९ जना रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। तीमध्ये २० जना महिला र ४९ जना पुरुष रहेका छन्। गत आवमा यो रोगबाट ६६ जना पीडित बनेको कार्यालय प्रमुख चन्द्रदेव मेहताले जानकारी दिए।
नसर्ने भनिएका यी रोगको उपचारमा सरकारले रु एक लाखसम्म उपचार खर्च ब्यहोर्न थालेपछि कार्यालयमा सिफारिस लिन ५ वर्षदेखि ७४ वर्षसम्मका व्यक्ति आउने गरेको प्रमुख मेहताले बताए।
उनका अनुसार गत वर्षको तुलनामा यी तीनै रोगका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ। मेहताले सन्तुलित खानाको कमी, नियमित व्यायाम नगर्ने र प्रदूषणयुक्त वातावरणको असरका कारण पनि यी रोगका बिरामी बढ्दै गएको बताए।रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया