क्यान इन्फोटेक २०१९मा रोवटको आकर्षण
धनबहादुर मगर
काठमाडौँ १७ माघ
माघ १६ नेपाली युवाहरूको जोस जाँगरमा कोही भन्दा कोही कम छैन । एक से एक क्षमतावान छन् भन्ने प्रत्यक्ष उदाहरण क्यानको २५ औं इन्फोटेक मेलामा राखिएको रोवटीक प्रविधिहरूबाट जानकारी पाउन सकिन्छ ।
यो देशलाई प्रविधिको क्षेत्रमा केही न केही दिन चाहान्छन् नेपाली युवाहरू । तर, सरकारको उदासिनताले उनीहरूको क्षमतामा अवरोध आएको देखिन्छ । क्यानको मेलामा केही गर्ने तत्पर युवाहरूको जमातले यही सन्देश दिन खोजिएको हो । केही गर्नु पर्छ भन्ने सकारात्मक सन्देश क्यानको मेलाले दिएको छ ।
यस क्रममा क्यानको मिडिया कोर्डिनेटर धनबहादुर मगरसँग कुराकानीको आधारमा युवा वैज्ञानिकहरूसँग लिइएको वार्ता जस्ताको तस्तै प्रस्तुत अंश ।
एनसिआइटीमा चौथौं वर्षमा अध्ययनरत कम्प्युटर इन्जिनियर कृष्ण मोहन पाण्डेले सेल्फ ड्राइभिङ्ग भेहिकल गुडाएर आफ्नो प्रतिभाहरू प्रस्तुत गर्नु भयो । एनआइसिटीको उद्देश्य के हो भन्ने जिज्ञासामा रोवोटिक प्रविधिहरूको विकास गरी क्षति न्यूनिकरण गर्ने पनि हो । रोवट आफै गुड्छ । विना आँखा अगाडि अवरोध आएको आफै थाहा पाउँछ । प्रविधिमा अवरोध हुनासाथ आफै रोकिएर सावधान हुन्छ । यो रोवर्टको निर्माण नेपाली युवा इन्जिनियरहरूको सक्रियतामा बनाइएको हो । हुन पनि हो यो रोवोट आफ्नो अगाडी कुनै अवरोध आयो भने टक्क अडिन्छ । यता उति हेरेर फर्किन समेत प्रयास गर्छ ।
क्यान इन्फोटेकमा अवलोकन गर्न आउनु होस तपाई आफैले अनुभव गर्न सकिन्छ ।
कि ठीक युवाहरु कोही पनि केहीमा कमजोर छैन । मात्र अवसर नपाएर बस्नु परेको आभाष हुन्छ ।
यो प्रविधि के गर्न प्रयोग गर्न सकिन्छ भन्ने जिज्ञासामा अब बढी चाही सेल्फ ड्राइभिङ्ग भेहिकलको लागि प्रयोग गरी सुरक्षित बन्न सक्छौं ।
यसमा जिविएस टिम लागि परेको छ । त्यसको नेतृत्व गणेश विक्रम सिंह आलेमगर र धीरज सुनुवार सक्रिय छन् ।
धीरज सुनुवारले भन्नु भयो ट्यालेन्टटेटहरू धेरै छन् । तर देशको परिस्थितिले कष्ट पाएका छौं । प्रतिभा पहिचान गरी उपयोगमा ल्याउन सकोका छैनौं । धीरज सुनुवारलाई सरकारले कुनै लगानी गरेको छ कि भन्ने प्रश्नमा नभएको बताउनु भयो । गणेश विक्रम सिंह आलेमगर विगत १४ वर्षदेखि यसै क्षेत्रमा लाग्दै आएउनु भएको छ ।
६० लाख भन्दा बढी आफ्नै लगानीमा रोवट सम्बन्धि इच्छुकहरू व्यक्तिहरूलाई सहयोग गरिरहेको बताउनु हुन्छ । खर्च कसरी जुटाउनु हुन्छ भन्ने प्रश्नमा अध्यापनबाट आएको तलबले रोवट लगायत प्रविधिहरूको निमार्ण गरिरहेको छ ।
क्यान इन्फोटेक मार्फत अहिलेका युवाहरूलाई थाहा दिनु पनि हो । जो इच्छुकहरू छन् उनीहरूका लागि सूचनामूलक सन्देश दिनु हो । इलेट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियर राजेन्द्र महर्जन पञ्चम वर्षमा अध्ययनरत हुनुहुन्छ ।
यो प्रविधि चिकित्सा क्षेत्रमा कार्यरत सर्जनहरूको लागि पनि उपयोगी हुन सक्छ । अपरेशन गर्न एक ठाउँबाट अर्को ठाउँमा एडभान्स रुप दिन सकेको खण्डमा एउटा कामलाई एकैचोटी दुइतिरै गर्न सकिन्छ । यसकारण यो प्रविधिको विकास गरेको हौं । सानो माइकल ज्याक्सन नाम दिएको डान्सिङ्ग रोवट समेत राखिएको छ । यसले संगीतसँगसँगै नृत्या गर्छ । टिमले विगत २ वर्ष अघि नपाली सेनालाई ७ लाख र ३० लाख बराबर मूल्यको वम डिस्पोजल रोवर्ट समेत हस्तान्तरण गरिसकेको सार्वजनिक भइसकेको छ ।
रोवोट लगायत विभिन्न सूचना प्रविधिहरू निर्माण गरेर देशलाई आइरन युगबाट मेटालिक र डिजिटलाईज युगमा फड्को मार्न सहयोग पु¥याउने युवा इन्जिनियरहरूको रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया