खस्कियो निर्यात ब्यापार, कारण यस्तो

काठमाडौं १३ फागुन।

सरकारको नीतिगत सुधारले निर्यात वृद्धि भएको भन्ने विश्लेषण गलत साबित भएको छ । आर्थिक वर्षको सुरुमा उच्च वृद्धि भएको निर्यातमा पछिल्ला महिना क्रमशः ‘ब्रेक’ लागेको छ।

नेपालमा खेती नहुने पाम आयलको निर्यात वृद्धिले चालु आर्थिक वर्षको पहिलो पाँच महिना समग्र निकासी व्यापार बढाएको थियो। तर, पुस २३ मा भारतले आफ्नो मुलुकमा पाम आयलको आयातमा प्रतिबन्ध लगाएपछि नेपालको निर्यात व्यापार ओरालो लागेको हो। सुरु पाँच महिनामा आन्तरिक उत्पादनलाई बढुवा दिने गरी सरकारको नीतिगत सुधारले निर्यात वृद्धि भएको भन्ने विश्लेषण गलत साबित भएको छ।

पाम आयलको निकासी रोकिएसँगै मुलुकको निर्यात व्यापार पुरानै लयमा फर्किएको छ। साउनमा ६ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो। भदौमा ११ अर्ब ५८ करोड रुपैयाँ बढेर दुई महिनाको निर्यात १८ अर्ब ५० करोड रुपैयाँ पुग्यो। पोहोरको दुई महिनाको तुलनामा २५ प्रतिशत बढी देखिएपछि सरकारले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने नीतिको परिणामस्वरूप निर्यात बढेको भन्दै विश्लेषण गरेको थियो।

निर्यातवृद्धिको एउटै कारण थियो, पाम आयल। नेपालमा उत्पादन नहुने पाम आयल व्यवसायीले विदेशबाट ल्याएको कच्चा पदार्थ प्रशोधन गरेर निर्यात गरिरहेका थिए। पुस २३ यता नेपालको पाम आयल . निर्यात ठप्प छ। माघ २५ मा निश्चित आयातकर्तालाई अनुमतिपत्र दिएर पाम आयलको आयात खोल्नेमा भारतले सहमति जनाए पनि हालसम्म पाम आयलको निर्यात बढेको छैन। भन्सार विभागको संध्याकअनुसार समाधामहिनामा पाम आयलको निर्यात शून्य रह्यो। भदौमा अत्यधिक वृद्धि भएको निर्यात असोजमा घटेको थियो ।

भदौमा ११ अर्ब ५८ करोड रुपैयाँ बढेर दुई महिनाको निर्यात १८ अर्ब ५० करोड रुपैयाँ पुग्यो। पोहोरको दुई महिनाको तुलनामा २५ प्रतिशत बढी देखिएपछि सरकारले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने नीतिको परिणामस्वरूप निर्यात बढेको भन्दै विश्लेषण गरेको थियो। निर्यातवद्धिको एउटै कारण थियो, पाम आयल। नेपालमा उत्पादन नहुने पाम आयल व्यवसायीले विदेशबाट ल्याएको कच्चा पदार्थ प्रशोधन गरेर निर्यात गरिरहेका थिए।

पुस २३ यता नेपालको पाम आयल निर्यात ठप्प छ। माघ २५ मा निश्चित आयातकर्तालाई अनुमतिपत्र दिएर पाम आयलको आयात खोल्नेमा भारतले सहमति जनाए पनि हालसम्म पाम आयलको निर्यात बढेको छैन। भन्सार विभागको तथ्याङ्कअनुसार माघ महिनामा (पाम आवलको निर्यात शून्य रह्यो। भदौमा अत्यधिक वृद्धि भएको निर्यात असोजमा घटेको थियो । भदौमा ११ अर्ब ५८ करोड रुपैयाँ निर्यात भएकामा असोजमा ८ अर्ब ६६ करोड मात्रै निर्यात भएको थियो। यद्यपि, असोजयता निर्यात व्यापार क्रमशः बढ्दै गयो। मङ्सिरमा मात्रै ११ अर्ब ३३ करोड रुपैयाँको निर्यात भयो। मासिक वृद्धि भइरहेको निर्यात मङ्सिरयता ओरालो लागेको छ। अन्नपूर्ण पोस्ट् दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया