खाडी मुलुकहरुबाट बर्सेनि ५ खर्ब रेमिट्यान्स भित्रिँदै

काठमाडौं ५ श्रावण

मुलुकमा भित्रिने रेमिट्यान्समध्ये बर्सेनि करिब ७१ प्रतिशत खाडी मुलुकबाट आउने गरेको छ । यो रकम करिब ४ अर्ब ७० करोड रुपैयाँ हुन आउँछ । खाडी राष्ट्रहरुमध्ये पनि साउदी अरब, कतार, कुबेत, युनाइटेड अरब इमिरेट्स र बहराइनबाट मात्र त्यत्ति रकम आउने गरेको हो । विश्व बैंकको तथ्यांकअनुसार नेपालको कुल रेमिट्यान्समा सबैभन्दा धेरै (करिब २९ प्रतिशत) कतारबाट आउँछ। साउदी अरबबाट २६ दशमलव ५६, युनाइटेड अरब इमिरेट्सबाट साढे ११ प्रतिशत, कुबेतबाट ३ दशमलव ८४ प्रतिशत र बहराइनबाट ० दशमलव ०३ प्रतिशत रेमिट्यान्स भित्रिँदै आएको छ।

यो तथ्यांक सन् २०१५ मा भएको आप्रवाहका आधारमा बिश्व बैंकले तयार पारेको हो । उक्त वर्ष करिब ६ अर्ब ५७ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
तुलनात्मक रुपमा ती राष्ट्रहरुमा कामदारका रुपमा गएका नेपालीको संख्या धेरै छ । यसैले कुल रेमिट्यान्सको अधिकांश हिस्सा खाडी मुलुकबाट आउने गरेको केन्द्रीय बैंक राष्ट्र ऋण व्यवस्थापन विभाग प्रमुख मीनबहादुर श्रेष्ठले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया