खाद्य बैंकको आवश्यकता (कविता)
नन्दलाल खरेल
किसानलाई ठूला वैंक भन्दा पनि खाद्य बैंकको आवश्यकता छ,
दलाल पूँजीवाद विस्थापित गरि स्वाधीन अर्थतन्त्रको खाँचो छ ।
किसानहरुको उत्पादन वढाउन खाद्य बैंकको आवश्यकता छ,
किसानहरु संगठित नभई कृषि औद्योगिकिकरण दुलर्भ छ ।
किसानहरुको वस्तु वजारिकरणमा खाद्य वैंकको आवश्यकता छ,
वाझा जमिनहरु भाडामा लिई उत्पादन वढोत्तरी गराउनु छ ।
किसानहरुलाई अर्गानिक उत्पादनमा जोड दिन खाद्य बैंकको आवश्यकता छ,
अस्वस्थ आहार विहारले दिन दिनै मानिसको रोग बढेको छ ।
उचित मल विउ पु¥याउन खाद्य बैंकको आवश्यकता छ,
माटोको परिक्षण नगरी उत्पादन भएन भनि किसानको दुखेको छ ।
किसानलाई राज्यको नीति भन्दा खाद्य बैंकको आवश्यकता छ,
सुन्दैछु खाद्य बैंकसँग विषय विज्ञको ठूलो टिम छ ।
उत्पादन वढाई व्यापारघाटा कम गर्न खाद्य बैंकको आवश्यकता छ,
बजेटमा कृषिक्षेत्रलाई छुट्याएको रकम बालुवामा पानी झै छ ।
किसानलाई व्यवसायिक करण गर्न खाद्य बैकको आवश्यकता छ,
कृषिमा जनशक्ति बढाउन युवाशक्ति निर्यात रोक्नु छ ।
चाक्ला बन्दी खेती प्रणालीमा खाद्य बैंकको आवश्यकता छ,
वैज्ञानिक भूमि सुधार वीना कृषिको विकास असम्भव छ ।
प्रकासित मिति २०७८–२–३०
फेसबुकबाट तपाईको प्रतिक्रिया