खानेपानी मन्त्री सिंहद्वारा राजीनामा

काठमाडौं–५ श्रावण

मन्त्री बनेका प्रेमबहादुर सिंहले पदबाट राजीनमा दिएका छन्। उनि समाजवादी जनता दलबाट मन्त्रि बनेका हुन्  ।’ वर्तमान केपी ओली नेतृत्वको सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि खाने पानी तथा सरसफाइ मन्त्रीको जिम्मेवारी सम्हालेका सिंहले राजीनामा दिएका हुन्। ‘पार्टीको बुधबार बसेको केन्द्रीय समितिको बैठकले सरकारबाट फिर्ता हुने निर्णय गरेपछि मैले राजीनामा दिएको हुँ,’ सिंहले भने,‘अब नयाँ राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्नेमा हाम्रो जोड हुन्छ।’  आजै मन्त्री सिंहले राजीनामा प्रधानमन्त्री समक्ष बुझाएको बताए। व्यवस्थापिका संसदमा समाजवादी जनता पार्टीको एक सिट रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया