खाने तेलको मूल्य बढ्यो

काठमाडौं, फागुन १८, २०८१ । बजारमा खाने तेलको मूल्य फेरि बढेको छ । नेपाल खुद्रा व्यवसायी संघले प्रत्येक महिनाको १ गते र १५ गते खाद्यान्नको खुद्र मूल्य सार्वजनिक गर्ने गरेको छ ।

बजारमा पाइने विभिन्न किसिमका तेलहरुमध्ये भटमासको तेल र सनफ्लावरको तेलको मूल्य बढेको छ । १५ दिन अगाडि प्रतिलिटर रु. २४५ रहेको तेलका मूल्य अहिले खुद्रा बजारमा २५० रुपैयाँ प्रतिलिटर पुगेको छ ।
भटमास र सनफ्लावर तेलको मूल्यमा प्रतिलिटर पाँच रुपयाँले बढेको छ भने तोरीको तेलको मूल्य यथावत छ ।

बजारमा तोरीको तेलको मूल्य भने २४५ रुपैयाँदेखि ३२५ रुपैयाँसम्म छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया