खिचापोखरी न्युरोडमा कामना सेवा विकास बैंकको ६१ औं शाखा

बिजनेसपाटी २९ मंसीर ।
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा काठमाण्डौ महानगरपालिकाको खिचापोखरी स्थित न्युरोडमा ६१ औं शाखा स्थापना गरि कारोबार शूभारम्भ गरेको छ । बैंकका अध्यक्ष दिप आचार्य, संचालक विश्वेश्वर सुवेदी तथा कामू. प्रमूख कार्यकारी अधिकृत प्रविण वस्नेतले संयूत्त रुपमा कारोबार शूभारम्भ गर्नूभएको थियो । शूभारम्भ समारोहमा कामू. प्रमूख कार्यकारी अधिकृतले बैंकले विभिन्न शहर तथा ग्रामिण भेग लगायत उपत्यकाका अन्य व्यापारिक केन्द्रहरुमा समेत शाखा सञ्जाल विस्तार गर्दै सरल तथा सहज बैंकिङ सेवा उपलब्ध गराउने बताउनू भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया