खुमबहादुरले देउवालाई भने तिमी दिन्छौ कि म दिउँ !

काठमाडौँ २८ जेस्ठ 

नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवाले मनोनयन गर्नुपर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यका बारे कुनै निर्णय नगरेको भन्दै पार्टी भित्रै उनको चर्को आलोचना सुरु भएको छ । आलोचना मात्रै होइन सभापति देउवा विरुद्ध नै मोर्चाबन्दी समेत सुरु भएको छ ।

आजको जनआह्वान साप्ताहिकमा खबर छ–महाधिवेशनको समयमा उपसभापति बनाउने आश्वासन दिइएका खुमबहादुर खड्काले आफूलाई मनोनयन नगरे अब नसहने भन्दै आफ्नो पक्षमा भेला गरेका छन् । उनले पुष्पा भुसाललाई सहमहामन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।

आफूलाई उपसभापति र कुलबहादुर गूरुङलाई वरिष्ठ नेता बनाउनुपर्ने खड्काको प्रस्ताव छ । खड्काले आफ्नी श्रीमतीलाई समेत केन्द्रीय सदस्य बनाउन देउवालाई दबाव दिएका छन् । महाधिवेशनमा दिइएको आश्वासन पूरा नभएको भन्दै खड्काले देउवालाई एक साता भित्र सबै काम सम्पन्न गर्न आग्रह गरेका छन् । आफ्नो आग्रहलाई लत्याइए राम्रो नहुने भन्दै खड्काले देउवा समक्ष धम्कीको नै भाषा बोलेको स्रोतको दावी छ ।

मैलै महाधिवेशनमा तिमीलाई जिताउन मैलै दिएको योगदानलाई भूलेर जवरजस्ती गरिए राम्रो हुन्न । खड्काले विमलेन्द्र निधि मार्फत देउवालाई सन्देश पठाएको शंकर भण्डारीले बताउँदै हिड्ने गरेका छन् । भण्डारीलाई समेत खड्काले वरिष्ठ सदस्य बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।

उता सभापतिमा पराजित रामचन्द्र पौडेलले पनि केन्द्रीय समितिको मनोनय र पदाधिकारी चयनमा फरक मतलाई समेत सम्मान गर्न आग्रह गर्दै आएका छन् । फरक मतलाई सम्मान नगर्ने तथा जोर जवस्ती गरिए महाधिवेशन प्रतिनिधिको बैठक बोलाएर सभापति विरुद्ध कुनै पनि प्रकारको कदम समेत चाल्न आफूहरु तयार हुनुपर्ने निष्कर्षमा पुगेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया