खुमलटार मेडिकल हलमा शुक्रबार वीरका वरिष्ठ डाक्टरद्धारा निशुल्क सुगर जाँच हुने

काठमाण्डौ १५ साउन , २०७७ ।

खुमलटार मेडिकल हलले शुक्रबार वीर हिस्पिटलको वरिष्ठ डाक्टरको सहभागितामा निशुल्क सुगर जाँच शिविर सञ्चालन गर्ने भएको छ । वीर हस्पिटललका वरिष्ठ सुगर तथा थाइरोइड रोग विशेषज्ञ डा. प्रजय शिखर श्रेष्ठले विरामी हेर्ने गरी भोली बेलुकी ६ बजेदेखि ८ बजेसम्मका लागि सो सेवा राखेको मेडिकलले बताएको छ । केही हप्ता अघि मात्रैबाट सञ्चालनमा आएको खुमलटार मेडिकल हलले उद्घाटनको पावन अवसरमा पनि एक हप्तासम्म निशुल्क स्वास्थ्य शिविर चलाएको थियो ।

खुमलटार मेडिकलका सञ्चालक ढकालका अनुसार मेडिकलले डाक्टर काउन्सिलिङ, औषधी, ल्याब, इसिजि, टे«सिङ (घाउ सफा गर्ने), सुजरीङ (टाँका लगाउने) खोप तथा भ्याक्सीन, बाफ लगाउने लगायत सेवा प्रदान गर्ने भएको छ । त्यसैगरी मेडिकलले साउन महिनाभर औषधीमा पनि १० प्रतिशत छुट दिने भएको छ ।
ख्याती प्राप्त हस्पिटलहरुमा कार्यरत दर्जन बढी डाक्टरहरुबाट मेडिकलले सेवाग्राहीलाई सेवा प्रदान गर्ने सञ्चालक ढकालले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया