खुशी पाठकको खुशीको व्यापार ‘एैना युनिसेक्स सैलुन’
काठमाण्डौ १३ अशोज २०७८
मोडल तथा उद्यमीको परिचय बनाएकी खुशी पाठकले राजधानीको थापाथलीमा ‘ऐना युनिसेक्स सैलुन’ सञ्चालनमा ल्याएकी छिन् । करिव ६० लाख लगानीमा पाठकले थापाथली स्थीत ब्ल्यू बर्ड मलमा ‘ऐना युनिसेक्स सैलुन’ भब्य रुपमा सञ्चालनमा ल्याएकी हुन् । सानैदेखि सिर्जनशील एवं कर्मशील खुशीले आफनो उद्यमीय सोचलाई ब्यवसाय रुपान्तरण गरेको बिजनेसपाटीलाई बताइन् ।
करियरको सुरुवातीमा खुशीले यति एयरलायन्सको यएर होस्टेज भएर ४ बर्ष काम गरेकी थिइन् । त्यसपछि उनी ब्यवस्थापनको काममा समेत सरिक भइन् । खुशीले ५२ मेगाहर्जको अपर ल्याप्चेखोला हाइड्रोपावरको एचआर तथा एडमीन म्यानेर भएर काम गरिसकेकी छिन् । त्यसको साथै उनी सोलार पावर ‘इको पावर डेभलपमेन्ट’को डाइरेक्टर समेत भइसकेकी छिन् । बहुप्रतिभाका धनी खुशीले ब्यवस्थापन र व्यापारमा मात्रै नभएर मोडलिङमा समेत काम गरिसकेकी छिन् । युवाहरु नेपालमा भविष्य नदेखेर विदेशीरहेको बेला उनी भने भएजति अवसर नेपालमै रहेको देख्छिन् । नेपालमा जति स्रोत तथा साधन र अवसर अन्त नभएको उनले कुराकानीको क्रममा बताइन् । उनी भन्छिन् ‘नेपालमा काम गर्न कुनै समस्या छैन । विदेशीनु बाहाना मात्रै हो । आफनै देशमा युवाहरुले काम र उद्यम गर्नु राम्रो’ ।’
काम प्रतिको लगाब र नविनतम सोचकै कारण आफु उद्यमतिर लागेको उनी बताउँछिन् । महिलाहरु आत्मनिर्भर भएर अरुलाई पनि रोजगारी दिलाउन सक्ने हुनुपर्ने उनी बताउँछिन् । १६ बर्षकै उमेरदेखि विभिन्न काम र उद्यममा जोडिँदै आएकी उनी अमेरिका समेत पुगेकी थिइन् । तर अमेरिकको बसाइ त्यागेर नेपालमै केही गर्ने सोचले उनी फर्किइन् । अमेरिकामा आप्रवासीहरुको कुनै मुल्य नरहेको र अविकसित भएपनि आफनै देश प्यारो भएकोले नेपाल फर्केको उनले बताइन् । विदेशमा युवाहरु काम गर्न एकदम सजिलो होला भनेर सोच्ने र त्यहाँ गएपछि दुख पाउने गरेको उनले बताइन् ।
देशप्रेम र उद्यमी सोच भएकी र सफलताको पनि सिँढीहरु चढ्दै गरेकी खुशीले अहिले आफनो सैलुनमा ७ जनालाई रोजगारी दिएकी छिन् । उनले भारतबाट ‘हेयर मास्टर’ समेत ल्याएकी हुन् । खासगरी केटा तथा केटी दुबैलाई हेयर सम्बन्धी सेवा दिने हिसावले खुशीले सैलुन खोलेकी हुन् ।
उनले सबै बर्गले एर्फोड गर्नसक्ने हिसावको गुणस्तरीय सेवा दिन ‘एैना युनिसेक्स सैलुन’ खोलेको बताइन् । ग्राहकहरुलाई आफनो सैलुनमा आएर सेवा गर्ने मौका दिन समेत आग्रह गर्छिन् ।
व्यवसायीक काममा आफनो वुवाको अथक सहयोग रहेको बताउने पाठक महिलाहरु व्यवसायीक क्रियाकलापमा आउनु पर्ने बताउँछिन् । परिवार र साथीभाइको सहयोग पाउने होभने महिलाहरु पुरुष जत्तिकै सक्षम व्यवसायी बन्न सक्ने उनी ठान्दछिन् । समाजशास्त्र पढेकी भएपनि आफनो भित्री इच्छाले नै व्यवसायी बनेको पाठक बताउँछिन । जसले जे विषय पढेको भएपनि आफुलाई इच्छा लागेको कुरामा रोजगार बन्नुपर्ने उनको तर्क छन् । भविष्यमा व्यवसायीक कामलाई अझै बढी जोड दिने, बढी भन्दा बढी रोजगारी सिर्जना गर्ने र आफनै देशको सेव ागर्ने उनका योजना छन् । यसमा सबैको साथ सहयोग र मायाको उनी अपेक्षा समेत गर्छिन् । अन्त्यमा कुराकानीको बीट मार्दै खुशी भन्छिन् ‘एकपटक ऐना युनिसेक्स सैलुन’मा भिजिट गर्न र सेवा गर्ने मौका दिन सबैलाई मेरो आग्रह छ’ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया