“खेलकुद क्षेत्रमा राज्यको ध्यान र लगानी आवश्यक छ”

बिजनेसपाटी ३ कार्तिक ।
नेपाल क्योकुशिन बुदो करातेँ कम्युनिटी संघले बिहिबार शुभ दिपावली, नेपाल संबत ( न्हूँह ११३८) तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । संघ स्थापनाको अवसरमा गरिएको सो कार्यक्रममा ठुलो संङख्यामा खेलाडी, खेल प्रेमी, कलाकार, सञ्चारकर्मी लगायतको उपस्थीति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव एवं बत्र्तमान नेपाल ओलम्पीक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले नेपाल क्योकुशिन बुदो करातेँ कम्युनिटी संघ आधिकारिक रुपमा दर्ता भएकोमा बधाई ब्यक्त गर्दै खेलाडीहरुको कृयाशिलताका लागि धन्यवाद दिए । उनले नेपालमा मार्सल आर्ट खेल लोकप्रिय एवं स्थापित भएको समेत बताए । श्रेष्ठले यस खेललाई ओलम्पीकमा राख्न आफुहरुले ठुलो संर्घष गरेको बताउँदै अव हुने दक्षिण एसियाली खेलकुलमा बढी भन्दा बढी मेडल हात पार्न खेलाडीहरु लाग्नु पर्ने बताए । खेलकुद क्षेत्रले देशको गरिमा उँचो राख्ने बताउँदै उनले राज्यले खेल क्षेत्रमा नीति निर्माण गरेर खेलाडीहरुको भविष्य सुनिश्चित गर्नुपर्ने बताए ।

कार्यक्रममा विशेष अतिथिको रुपमा काठमाण्डौ वडा नं १५ का अध्यक्ष इश्वरमान डंगोल, राष्टिय खेलकुद परिषदका बोर्ड सदस्य उपेन्द्र पौडेल, अखिल नेपाल खेलकुद महासंघको अध्यक्ष शिव कोइराला, महानगरीय प्रहरी बृत्त स्वयम्बुका प्रमुख किशोर कुमार श्रेष्ठ लगायत रहेका थिए । उनीहरुले उपस्थीत सबैमा तिहार, छठ तथा नेपाल संबतको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा १५ वडाका राजनीतिक दलहरुका प्रतिनिधिहरुको समेत सहभागिता थियो । ठुलो मात्रामा सहभागिता रहेको कार्यक्रममा आइकेकेएफका प्रमुख प्रेमनाथ श्रेष्ठ, सोक्योकुशिनका प्रमुख सालिकराम कूँवर, मोडसुसिमाका प्रमुख राजु गरुङ, क्युकुशिन बुदोँकाईका प्रमुख राजेन्द्र सुबेदी, सिन क्योकुशिनका प्रमुख सुर्यबहादुर बुढाथोकी, सिन क्योकुशिनका उपाध्यक्ष कुमार श्रेष्ठ, क्योकुशिन डोका प्रमुख केदारेश्वर स्थापित, आइकेएफका प्रमुख गणेश कक्षपती र सुजु मर्हजन, आइकेओका प्रमुख कान्छा वाइवा लगायतले आतिथ्यता ग्रहण गरेका थिए । कार्यक्रममा उनीहरु सबैले आफनो तर्फबाट शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रममा लायन्स क्लव सितापाइलाका अध्यक्ष उमेश कार्की, कलाकारहरु सुरविर पण्डित (दारी बा), नायिका सुजाता थापा लगायतको पनि आतिथ्यता रहेको थियो । अत्यन्त उल्लाहासका साथ सम्पन्न कार्यक्रममा बोल्ने बक्क्ताहरुले खेलकुद क्षेत्रलाई राज्यले माया गर्नु पर्ने बताएका छन् ।
कार्यक्रमको सभापतित्व नेपाल क्योकुशिन बुदो करातेँ कम्युनिटी संघका अध्यक्ष भुषण मर्हजनले गरेका थिए भने कार्यक्रमको सञ्चालन संघका महासचिव अजय मर्हजनले गरेका थिए । कार्यक्रममा क्योकुशिन बुदोकाईका ब्राञ्च चिफ राम बहादुर बमजोमले विशेष भुमिका खेलेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया