खोप बन्नुभन्दा पहिला नै धनी देशले बुकिंग गर्न थाले

एजेन्सी १५ साउन २०७७।

कोरोना भाइरस खोप बन्न पहिला नै खोपको डोज बुकिंग गर्ने होड चलेको छ । बेलायतको सानोफी र जीएसके (ग्लैक्सोस्मिथक्लाइन) सँग ६ करोड डोज बुकिंगका लागि हस्ताक्षर गरेको छ । तर, अहिलेसम्म कुनै पनि खोपलाई कोरोना खोपका लागि परिक्षण सफल भने भएका छैनन र खोप लगाउनका लागि अनुमति दिइएका छैनन ।

बेलायतले खोप बुकिंग सम्झौताको शर्तहरु खुलाएको छैन। सानोफी र जीएसकेले एक विज्ञप्ति मार्फत यदि क्लिनिकल डाटा पोजेटिभ भयो भने उनीहरूको खोप २०२१ को शुरुमा नियामक स्वीकृति प्राप्त हुनेछ ।  सानोफी र जीएसकेले पहिलो पटक आफ्ना कोभिड १९ खोप बेच्नको लागि एक देशसँग सम्झौतामा हस्ताक्षर गरेको जनाएको छ । साथै बेलायती मन्त्रीहरूले यस खोपको छिट्टै आपूर्ति गर्न जोड दिएका छन्।

बेलायतका व्यापारमन्त्री आलोक शर्माले भने, “यो तथ्य पनि हो कि यस खोपको कुनै ग्यारेन्टी छैन, तर यसको प्रभावकारी खोप खोज्न हामीले यो खोप लगाउन पर्नेलाई जतिसक्दो चाँडो प्राप्त गर्न कोशिस गर्नु आवश्यक छ।“ २० भन्दा बढी खोपहरू यस समयमा उनीहरूको मानव परीक्षणहरूमा छन् ।”

बेलायतले गत हप्ता बायोटेक र पीफाइजर प्रयोगात्मक भ्याक्सिनको ३ करोड डोजको हस्ताक्षर गरेको छ । यस बाहेक, ब्रिटेनले वालनेभाको खोपको ६ करोड डोजको डिल पनि अन्तिम रूप दिएको छ ।

बेलायतले अक्सफोर्ड युनिभर्सिटीको साझेदारीमा बनाइरहेको खोपको १० करोडभन्दा बढी डोजका लागि पहिल्यै बुकिंग गरिसकेको छ ।  धनी देशहरू खोप उत्पाद हुनुभन्दा पहिले ठूलो मात्रामा सुरक्षित राख्ने थालेपछि गरिब देशहरूलाई भने चिन्ता बढेको छ।

सनोफी र जीएसके भ्याक्सिनको पहिलो क्लिनिकल परीक्षण सेप्टेम्बरमा शुरु हुन सक्ने बताइएको छ। कम्पनीले यो खोपको आपूर्तिका लागि युरोपियन युनियन, इटाली र फ्रान्ससँग पनि वार्ता गरिरहेको बताएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया