गजल (जहाँ छाक टार्न, त्यो गुनासाले दिन्छ )

काठमाडौँ ५ असार-

जहाँ छाक टार्न, त्यो गुनासाले दिन्छ
कोईलीको भाका, पो बहिराले दिन्छ

आँ आँ गर्ने चल्ला, ती आमा कूर्दै मर्दा
ब्याधालाई आयू, को विरताले दिन्छ

जानु प्यारा परदेश, हो पैसा संसार हो
म खेलौनाको सोभा, यो अँगेनाले दिन्छ

यहाँ त देश दुख्छ, दुख्छ यी मान्छे भित्रै
मलाई त मेरो सार्, त्यै पुरखाले दिन्छ

माछिलाई पानी झैं, हूँ म प्यासी तिम्रै हूँ
साँच्चै मुटु मिल्ने वर्, यता पैसाले दिन्छ

कृष्ण भुसाल प्यासी
बुटवल 19 रुपन्देही

फेसबुकबाट तपाईको प्रतिक्रिया