गणतन्त्रको अर्थ अपराधको राजनीतिकरण हो ?

सुरेन्द्र ढकाल

सशस्त्र जनयुद्ध गरी पहिले जापानी फौज र पछि चिआङ काइ सेकका फौजलाई लखेटी माओले चीनमा जनगणतन्त्र स्थापना गरेका थिए ।
उनले त्यस जनयुद्धको क्रममा न कुनै व्यक्तिको न कुनै सार्वजनिक यातायात चढेका मान्छेहरुको हत्या गरे न बैंक नै लुटे । उनको जनयुद्ध स्वच्छ राष्ट्रवादी र किसान संघर्षमा आधारित थियो । माओले बनाएको त्यही जगमा चीनको विशिष्ट अवस्थालाई पहिचान गरी माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने कुरामा चीनलाई सफलता मिलेकै कारण चीन आर्थिक र सामरिक गरी दुवै क्षेत्रमा अमेरिकालाई उछिन्ने अवस्थामा आइसकेको छ ।

हामीकहाँ पनि माओ नाम भजाएर प्रचण्ड बाबुरामहरुले भारतको सहयोगमा सशस्त्र जनयुद्ध संचालन गरे । यस क्रममा उनीहरुले प्रहरी चौकीमाथि हमला गरी सयौं निर्दोष प्रहरी, सेनाको ब्यारेकमा हमला गरी निर्दोष नेपाली सैनिक, गुडेको बसमा आगजनी गरी निर्दोष नेपाली जनताको हत्या गरे, सुराकी भन्दै ब्यक्तिहरु त कति मारे मारे उनीहरुले । यति गर्दा पनि उनीहरुले आफ्नो बलमा माओले जस्तो जनगणतन्त्र स्थापना गर्न सकेनन् अनि चाहेनन् पनि । एक हैसियत र तहसम्म चुलिएको जनयुद्धलाई बिसाएर यिनीहरु पुनः संसदीय अभ्यासमा सहभागी मात्रै बनेनन् बल्की त्यो संसदीय सस्कृतिसँग जोडिएको राष्ट्रघात, भ्रष्टाचार, कमिसनतन्त्र,नातावाद, फरियावादभित्र आफूलाई चुर्लुम्म डुबाइ नव धनाढ्य बन्न पुगेका छन् अहिले ।

राजतन्त्रकालमा राजालाई विष्णुको अवतार माने जस्तै गणतन्त्रकालमा नेताहरु ईश्वरका अवतार हुन पुगे । सर्वोच्चबाट आरोपित भई वर्षौं जेलको सजाय कटाएका खुमबहादुरलाई जेलबाट निस्किँदा ७० मिटरको सयपत्रीको माला लगाउने को ? त्यही कांग्रेस कार्यकर्ता होइनन् ? अहिले त्यही इतिहास दोहोरियो, बालकृष्ण र रेशम चौधरीहरु गणतन्त्रका हिरो बनेका छन् । हिजो जनताको चुलोमा गएर भात मागेर खाने जनयुद्धकारीहरु कमिसन खोर सडक बनाउने ठेकेदारको घरमा लञ्च खाएको देख्दा गर्व गर्नेहरुमा कार्यकर्ता र जनता भएपछि अपराधको राजनीतिकरण हुनु कुनचाहिँ ठूलो कुरा भो र ? गणतन्त्रको संसदले अपराध गर्दा पनि सांसदको पद निलम्वनमा नपर्ने कानुन बनाइ अनौठौ दण्डहीनताको उदाहरण पेस गरेको छ ।

आफूलाई माक्र्सवादी लेनिनवादी भन्ने सर्वहारा कम्युनिष्ट मन्त्रीहरुको करोडांैको सम्पत्ती भएको औपचारिक रुपमा खुलासा हुँदाहँुदै पनि यिनीहरु आफूलाई खाँटी वामपन्थी ठान्छन् अनि उनका कार्यकर्ता र मतदाताहरु उनीहरुलाई नेता मानी लम्पसार पर्छन् भने अपराधको राजनीतिकरण नभएर के हुन्छ ? नेपालमा जेलको काम छैन । ठूला ठूला अपराधीहरुलाई चैन हुने भएपछि साना अपराधीलाई मात्रै किन थुन्नु ? बहुमत जनता भ्रष्ट र राष्ट्रघातीहरुको पक्षमा भएको देशमा जेलको के काम ? सबै कैदीलाई छोडेर जेल बन्द गरे हुन्छ ।

जति धेरै अपराध, भ्रष्टाचार र राष्ट्रघात ग¥यो त्यति नै ठूलो जननेता बन्न पुग्ने यो गणतन्त्रले यस देशलाई कहाँ लगेर धसाउने हो केही थाहा छैन । भ्रष्ट र राष्ट्रघाती दलहरुको राजनीतिक सिण्डिकेटलाई तोडने को ? शासन गर्ने नाममा उनीहरु पालैपालो आमा नेपाललाई बलात्कार गरिरहेछन् अनि उनीहरुका कार्यकर्ता अनि मतदाताहरु ताली पिटिरहेछन् । साना र आफूलाई सच्चा राष्ट्रवादी भन्ने दलहरु किन एक हुन सकिरहेका छैनन ? उनीहरुको जुँगाको लडाइँले कसलाई हानी पु¥याइरहेको छ भन्ने कुरा उनीहरुले पनि सोच्नुपर्ने हो । अब राष्ट्रघाती, भ्रष्टाचारी र अपराधीहरुलाई खोजी खोजी नसिध्याउने हो भने नेपालको गणतन्त्रको अर्थ अपराधतन्त्र हुनेछ र त्यससँगै यो राष्ट्रको स्वतन्त्र अस्तित्वसमेत इतिहासको पानामा विलिन हुन जानेछ । सोधांै सबैले आफूलाई गणतन्त्रको अर्थ नेपालको हकमा अपराधको राजनीतिकरण हो कि होइन भनेर ।
(लेखक ढकाल नेकपा मालेका पोलिटब्युरो सदस्य हुन् )
प्रकासित मिति २०७५–३–२

फेसबुकबाट तपाईको प्रतिक्रिया