गरिबको खर्च खाद्यान्नमा, धनीको विलासी वस्तुमा
काठमाडौं–७ असार
गरिब र धनीले गर्ने खर्च संरचनामा ठूलो असमानता छ। गरिबका खर्चको अधिकांश हिस्सा खाद्यान्नमा उपयोग हुन्छ भने धनीले विलासी बस्तु तथा सेवामा बढी खर्च गर्ने गरेको अध्ययनले देखाएको छ ।
नेपाल राष्ट्रबैंकले हालै सार्वजनिक गरेको पाँचौ घरपरिवार सर्वेक्षणअनुसार सबैभन्दा गरिब २० प्रतिशतले खाद्यान्न तथा पेय पदार्थमा ५६.८४ प्रतिशत र माथिल्ला धनी २० प्रतिशतले खाद्यान्न तथा पेय पदार्थमा ३२.८६ प्रतिशत मात्रै उपयोग गर्छन् ।
सर्वेक्षणअनुसार गरिबले खाद्यान्न तथा गैरमदिराजन्य पेय, मदिराजन्य तथा सुर्तिजन्य र आवास तथा उपयोगिताका बस्तु बढी प्रयोग गरेको देखिएको छ । खाद्यान्न तथा पेय र आवासबाहेक सबै वस्तु तथा सेवा धनीहरुले बढी प्रयोग गर्नेगरेको अध्ययनको निष्कर्ष छ ।
राष्ट्र बैंकले पाँच समूह बनाई कुन समूहले कस्ता वस्तु तथा सेवामा कति खर्च गर्छन् भनेर अध्ययन गरेको छ । आजको कारोबार दैनिकमा खबर छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया