गरिब सूचीमा धनीकै नाम

काठमाडौं ३० जेस्ठ
मानव विकास सूचकांकको पुछारमा रहेको हुम्लामा सरकारले संकलन गरेको गरिबको सूचीमा गरिबभन्दा धनी र हुनेखानेकै नाम समावेश भएको छ। वास्तविक गरिबको नाम त्यहाँ नअटेको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

सरकारले देशमा विद्यमान गरिबीको संख्या घटाउने भन्दै २०६९ साल भदौ ५ गते गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण समन्वय बोर्ड गठन गरेर गरिब परिवारको लगत संकलन गर्ने काम सुरु गरेको थियो।

कार्यक्रम सुरु भएपछि हुम्ला जिल्लाका २७ वटै गाविसमा जिल्ला विकास समितिअन्तर्गतका सामाजिक परिचालक र गाउँ विकास समितिका सचिवमार्फत गरिब घरपरिवार पहिचान सर्वेक्षण फाराम भरिएको थियो।

ठेहे गाविस ६ का गोरखबहादुर भण्डारीले फाराममार्फत संकलन भएको सूचनाका आधारमा सार्वजनिक गरिब घरपरिवारको पहिलो सूची निकै सतही र पूर्वाग्रही भएको बताए। उनका अनुसार ठेहेमा गरिबको सूचीमा सरकारी जागिरे, संस्थाका निर्देशक र गाविस सचिवको नाम परेको छ। तर वास्तविक गरिबको नाम भने सूचीमा छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया