गरिमा क्यापिटललाई सामूहिक लगानी कोषको अनुमतिपत्र प्राप्त

काठमाडौं २०८० पौष २- काठमाडौँमा मुख्य कार्यालय रहेको गरिमा क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट मिति २०८० साल मङ्सिर महिना २२ गते धितोपत्र सम्बन्धी ऐन तथा सो ऐन अन्तर्गत बनेको नियम तथा अन्य प्रचलित कानूनको अधिनमा रही सामूहिक लगानी कोषको योजना व्यवस्थापक र डिपोजिटरीको रुपमा कार्य गर्ने अनुमतिपत्र प्राप्त गरेको छ ।

गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा(Portfolio Management Services – PMS) तथा निक्षेप सदस्य -Depository Participant ( डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएकोमा निकट भविष्यमा नै कोष सुपरिवेक्षक र कोष प्रवद्र्धकको प्रचलित कानून बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्ड अन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखि योजनाहरु व्रmमशः दर्ता तथा सञ्चालन गर्दै अगाडी बढेको छ ।

गरिमा क्यापिटल लिमिटेड, गरिमा विकास बैंक लिमिटडको सहायक कम्पनी हो । गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पु¥याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण हुँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया