गरिमा म्युचूअल फण्ड अन्तर्गत “गरिमा समृद्घि योजना” को इकाई बाँडफाँड सम्पन्न

काठमाण्डौ १९ पुस २०८१-गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्घक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योजना“गरिमा समृद्घि योजना” को इकाई पौष १८ गते बाँडफाँड सम्पन्न भएको छ ।
गरिमा समृद्घि योजनाको बीज पुँजी सहित प्रति इकाई अंकित मूल्य रु. १० दरको १०,००,००,००० (दश करोड) इकाई मिति २०८१ साल पौष ७ गते देखि २०८१ साल पौष ११ गते सम्मका लागि सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा उक्त अवधिभर रितपूर्वक आवेदन दिएका ९४ हजार ६ सय ८१ जना आवेदकहरु मार्फत १२ करोड १८ लाख ७८ हजार ५ सय १० इकाईका लागि रितपूर्वक आवेदन प्राप्त भएको थियो । उक्त अवधिभर रितपूर्वक आवेदन प्राप्त भएकोमा निष्काशन गरिएको इकाई भन्दा अधिक इकाईकोे लागि आवेदन पर्न आएकोले विद्यमान “सामूहिक लगानी कोष निर्देशिका, २०६९” मा भएको व्यवस्था बमोजिम योजनाको आकारको अधिकतम २५ प्रतिशत सम्मको इकाई बाँडफाँड गर्न सकिने हुँदा इकाई खरिदका लागि रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई “धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४” को अधिनमा रहि आज मिति २०८१÷०९÷१८ गते बिहानको ९ः०० बजे निष्काशन तथा बिक्री प्रबन्धक श्री एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा इकाई बाँडफाँड गरी बीज पूँजी सहित योजनाको आकार रु.१,२५,००,००,०००÷– (अक्षरेपी एक अर्ब पच्चिस करोड रुपैयाँ मात्र) अर्थात १२,५०,००,००० (अक्षरेपी बाह्र करोड पचास लाख) इकाई कायम गरी सफलतापूर्वक सम्पन्न गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया