गरिमा विकास बैंकका ग्राहकलाई बजेट पसल डट कमबाट सामान खरिदमा विशेष छुट

काठमाण्डौं ११ फागुन २०७८ । डिजिटल बैकिङलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंक लिमिटेडले समयानुकुल आफ्ना ग्राहक वर्गका लागि विभिन्न छुट सम्बन्धि सम्झौता गर्दै आईरहेको छ । यसलाई नै निरन्तरता दिदै यस बैंकले ई-कमर्श साईट बजेट पसल डट कमसँग सामानखरिदमा ५% छुटको लागि सम्झौता गरेको छ ।
सम्झौताअनुसार यस बैंकका ग्राहकले बजेट पसल डट कमको अनलाईनबाट रु ३,००० भन्दा माथिका दैनिक उपभोग्य तथा ईलेक्ट्रोनिक्स सामान खरिद गरी यस बैंकको मोबाईल बैकिङ तथा डेविट कार्डबाट भुक्तानी गर्नुहुँदा तत्काल ५% छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, यस बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न मोबाईल बैकिङ, र्ईन्टरनेट बैकिङ, क्यू.आर. कोड, अनलाईन खाताखोल्ने, स्मार्ट टेलर लगायतका सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया