गरिमा विकास बैंकका ग्राहकलाई ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’मा ३५% सम्मको छुट

काठमाण्डौ २३ भदौ २०७८

गरिमा विकास बैंकले होटल ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’सँग डिलक्स रुममा ३५% छुट, फुड एण्ड वेभरेजमा १५% छुट साथै अन्य सेवा सुविधाहरुमा आर्कषित छुटको लागि सम्झौता गरेको छ । सम्झौता अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहकले काठमाडौं, पोखरा र चितवनमा रहेको ल्याण्डमार्क होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्नुहुने बैंकद्धारा जारी विज्ञप्तिमा जनार्ईएको छ ।
हाल गरिमा विकास बैंकले १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहक महानुभावहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया