गरिमा विकास बैंकद्धार फाँटपौवामा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न
काठमाडौं २३ जेठ २०८०-गरिमा विकास बैंक लिमिटेडले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि, चावहिल र यशोदा देवी भगवानसिंह के.सी मेमोरियल ट्रष्टसंगको सहकार्यमा जेठ २० गते शनिवारका दिन बेलकोटगढी नगरपालिका वडा नं २, फाँटापौवा,नुवाकोट स्थित जनजागरण सामुदायिक पुस्तकायल स्रोत केन्द्रमा १ दिने निःशुल्क स्वस्थ्यशिविर कार्यक्रम सम्पन्न गरेको छ । बेलकोटगढी नगरपालिका वडा न.ं २ का वडाध्यक्ष रामचन्द्र तिमल्सिनाको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा अर्जुन नरसिंङ्ग के.सी र विशिष्ट अतिथिहरुमा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का अध्यक्ष डा. आनन्त प्रसाद श्रेष्ठ,बेलकोटगढी नगरपालिका मेयर जगत बहादुर लामा, यशोदा देवी भगवानसिंह के.सी मेमोरियल ट्रष्टका अध्यक्ष डा. केदार नरसिंङ्ग के.सी र विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र नायब प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायको उपस्थिति रहेको थियो ।
स्वास्थ्य शिविरमा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का स्वास्थ्य कर्मीहरुद्धारा सामान्य स्वस्थ्य चिकित्सा, पाठेघरको क्यान्सर, दन्तचिकित्सा, नाक कान घाँटी, हाड जोर्नी, स्त्रीरोग,चर्मरोग, मुटुरोग,मनोरोगलगायत रोगहरुको परीक्षण एव भिडियो एक्सरे र ई.सी.जी लगायतका सेवाहरु प्रदान गरिएको थियो । उक्त कार्यक्रममा करिब ७००जनको निःशुल्क स्वस्थ्य परीक्षण गरिएको थियो । कार्यक्रममा बोल्दै गरिमा विकास बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले बृहत निशुल्क स्वास्थ्य शिविरबाट थुप्रै स्थानियबासीहरु लाभान्वित भएको र आगमी दिनहरुमा समेत यस्ता मानवीय कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीयकार्यालय रहेको गरिमाविकास बैंक लिमिटेडले देशभर १२१ शाखा कार्यालय र ५० वटा ब्त्ःमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया