गरिमा विकास बैंकले शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौँ  ०५ पुस २०८० -गरिमा विकास बैंक लिमिटेडको पौष ४ गते बुधबार बसेको सञ्चालक समितिको २९७ औं बैठकले आर्थिक वर्ष २०७९÷८० को सञ्चित मुनाफा तथा शेयर प्रिमियमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूजीको ९.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रश्ताव गर्ने निर्णय गरेको छ । प्रश्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गर्नेछ ।


हाल विकास बैंकको चुक्ता पूजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैंया १४ पैसा मात्र रहेकोमा प्रश्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण–सभाबाट पारित भए पश्चात रु. ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैंया ५७ पैसा पुग्नेछ ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले देशभर १२३ शाखा कार्यालय र ५१ वटा ब्त्ः मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया