गरिमा विकास बैंकले सुरु ग¥यो “रहनुहोस् होसियार” अभियान !

काठमाण्डौ १६ चैत्र २०७७ ।
गरिमा विकास बैंकले समग्र बैकिङ्ग प्रणालीमा बढ्दो Internet Fraud/Phishing बारे जनमानसमा चेतनामूलक सन्देश प्रवाह गर्ने लक्ष्यका साथ आफ्नो सबै सामाजिक संजालबाट एक महिना लामो “रहनुहोस् होसियार” नामक अभियान चलाएको छ ।
सो अभियान अन्तर्गत हरेक दिन यस बैंकले Internet Fraud/Phishing सम्बन्धित विभिन्न चेतनामूलक साम्रागीहरु आफ्नो सबै सामाजिक संजालबाट प्रकाशित गर्दै आईरहेको छ ।

चिट्ठा परेको छ भन्दै बैकिङ्ग विवरण मागेर मोबाईल बैकिङ्ग मार्फत हुने ठगीे र अरुलाई आफ्नो बैकिङ्ग विवरण दिँदा हुने नोक्सानी सम्बन्धमा विभिन्न पोष्ट, अडियो र भिडियो मार्फत बैंकले चेतनामूलक सूचना फैलाईरहेको छ । यस अभियान अन्तर्गत गरिमा विकास बैंकको आई.टि. विभागले आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई नियमित रुपमा प्रशिक्षण समेत गरिरहेको छ ।
हाल गरिमा विकास बैंक ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु एवं ५१ एटिएमबाट सरल, सुरक्षित तथा गुणस्तरीय सेवा दिदै आईरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया