गर्मीमा नखानोस् यी ६ खानेकुरा

काठमाडौँ, फागुन २८ । अब विस्तारै गर्मी मौसम सुरु हुँदैछ । गर्मीको समयमा हामीले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । कतिपय खानेकुराहरु यस्ता हुन्छन् कि तिनले हाम्रो शरीलाई दिर्घकालसम्म पनि असर गरिरहेका हुन्छन् । गर्मीको समयमा शितलता प्रदान गर्छ भन्दै खाइने खानेकुराले समग्र स्वास्थ्यलाई नै असर गरिरहेको हुन्छ ।
आज हामीले विशेष गरेर गर्मीमा कस्ता खानेकुराहरुबाट बच्ने भन्ने बारेमा जानकारी गराउँदछौं ।
विषादीयुक्त अंगुर
अहिले बजारमा विभिन्न किसिमका अंगुरहरु देखिएका छन् । कालो, रातो र हरियो रंगका अंगुहरु बजारैभरि पाइन्छन् । अंगुरमा प्रशस्त पानीको मात्र पाइने हुनाले हामीले यसलाई गर्मीको समयमा बढी खाने गर्दछौं । तर अहिले बजारमा बेच्न राखिएका अंगुरहरुमा अत्यधिक विषादी प्रयोग गरिएको पाइएको छ । यस्तो अंगुरको सेवनले झाडापखालाको जोखिम बढाउने हुन्छ ।
चिया कफी
धेरै मानिसहरूले गर्मीमा आलस्य र अल्छीबाट बच्न चिया र कफीको बढी पिउने गरेको पाइन्छ। तर गर्मी महिनामा यसको सेवन हानिकारक हुन सक्छ । कफीले ड्यूरेटिकको रूपमा काम गर्छ, जसले गर्दा डिहाइड्रेसन हुन्छ र शरीरको तापक्रम झन बढ्छ ।
चिसो पेय पदार्थस्
गर्मीबाट छुटकारा पाउन मानिसहरू चिसो हल्का पेय पदार्थको सेवन धेरै गर्छन् । तर यस्ता पेयमा चिनीको मात्रा बढी हुन्छ । यसको अतिरिक्त, यसले निर्जलीकरण निम्त्याउँछ । डिहाइड्रेसनबाट बच्न यी पेय पदार्थहरूबाट टाढा रहनुहोस् ।
चटपटे मसालेदार खाना
आस्यता कम गर्न भन्दै चट्ट अमिलो, पीरो चटपटे वा मसालेदार खानाहरुबाट पनि टाढा रहनु उचित हुन्छ । चटपटे या मसालेदार खानामा पाइने क्याप्साइसिनले स्वास्थ्यमा धेरै नराम्रो असर पार्छ । यस्ता खानेकुराले पखाला लाग्नुका साथै अपच र बेचैनी गराउँछ ।
ड्राई फ्रुट्स
स्वास्थ्यको लागि ड्राई फ्रुट्स निकै फाइदाजनक मानिन्छ । तर गर्मीमा यसलाई खाँदा धेरै समस्या हुन सक्छ । गर्मी मौसममा यी खानेकुरा खाँदा शरीरको तापक्रम बढ्न सक्छ र डिहाइड्रेट हुन सक्छ ।
भुटेको या तारेको खानेकुरा
गर्मीमा बर्गर, समोसा र फ्रेन्च फ्राइज जस्ता तारेको खानेकुराबाट बच्नुपर्छ । यी खानेकुराहरूमा नुनको मात्र बढी हुन्छ जसले डिहाइड्रेसन बढाउँछ । गर्मीमा यी खानेकुरा पचाउन पनि गाह्रो हुन्छ । गर्मी मौसममा डिहाइड्रेसन र पाचन समस्याबाट बच्नको लागि भुटेको वा तारेको खानेकुराबाट टाढा रहनु उचित हुन्छ । एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया